२४ घण्टामा नेपालमा थप १८७५ जनामा कोरोना पुष्टि, २१६४ जना संक्रमण मुक्त

२ साउन, काठमाडौँ ।

Advertisement

पछिल्लो २४ घण्टामा नेपालमा १८७५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ६ हजार ८५८ पीसीआर र ३ हजार २०८ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या ६ लाख ६५ हजार ८८६ पुगेको छ।

Advertisement

यस्तै, आज थप २१६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३० हजार ४०७ जना पुगेको छ ।

निको हुनेको दर ९४.७ प्रतिशत छ । आज संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ९ हजार ५२७ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top