वानेश्वरमा भूतपूर्व ब्रिटिश गोर्खा सैनिकको प्रदर्शन

२ साउन ७८, आइतबार

३ साउन, काठमाडौं ।

भूतपूर्व ब्रिटिश गोर्खा सैनिकले नेपाल र बेलायत सरकारलाई आफ्नो माग पूरा गरिदिन भन्दै सांकेतिक प्रदर्शन गरेका छन् । आइतबार संसद भवन अगाडि उनीहरुले सांकेतिक प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सत्याग्रह संघर्ष समिति नेपालका संयोजक एलबी घिसिङले गोर्खाली सैनिक २०७ वर्षदेखि ब्रिटिशको विभेदको शिकार भएको बताएका छन् ।

Advertisement

संयोजक घिसिङले यो अपमान र पीडा सबै नेपालीहरुको भएकोले सरकार, सधन र सडकमा यी विषयहरु उठाईदिन माग गरे । घिसिङले आफ्ना मागहरुमा चासो दिएर सम्बोधन नगरे २१ जुलाईबाट बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसन बस्ने समेत चेतावनी दिए ।

बेलायती सरकारले नेपाली ब्रिटिश सैनिकहरुलाई दासको जस्तो व्यवहार र अमानवीय व्यवहार गरेको छ, घिसिङले भन्नुभयो, यदि दुवै सरकारले यी विषयमा चाँडो छलफल गरेर ब्रिटिश सरहकै व्यवहार गर्नुपर्छ ।

३२ वर्षदेखि समानता, सम्मान र इज्जतका लागि संघर्षरत रहेको जनाउँदै घिसिङले ३ मेमा अल्टिमेटम दिएपनि चासो नदिएकोले १५ जुन २०२१ मा सडक प्रदर्शन गरेर बेलायनी प्रधानमन्त्री बोरिस जोनसनलाई पुनः स्मरण गराएको जनाए ।

ब्रिटिश आर्मी सरह नै गोर्खा ब्रिटिश आर्मीले पनि तलब, पेन्सन र सेवासुविधा पाउनुपर्ने उनीहरुको माग छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top