दोस्रो टी–ट्वान्टी क्रिकेटमा इङ्ग्ल्यान्डसँग पाकिस्तान ४५ रनले पराजित

३ साउन ७८, सोमबार

४ साउन, काठमाडौं ।

इङ्ग्ल्यान्डले दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानलाई ४५ रनले पराजित गरेको छ ।

लिड्समा गएराति इङ्ग्ल्यान्डले दिएको २ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ५५ रन बनाउन सक्यो । पाकिस्तानका मोहमद रिजवानले ३७, शादब खानले ३६, कप्तान बाबर आजम २२ तथा इमाद वासिमले २० रन जोडे।

इङ्ग्ल्यान्डका साकिब महमुदले ३ तथा मोइल अली र आदील राशिदले २÷२ विकेट लिए भने टोम करन र माट पाकिर्नसनले एक÷एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले १९ ओभर ५ बलमा अलआउट हुँदै २ सय रन बनाएको थियो । इङ्ग्ल्यान्डका जोस बट्लरले ५९ रनको अर्धशतकीय पारी खेले भने लियाम लिभिङस्टोनले ३८, मोइन अलीले ३६, क्रिस जोर्डनले १४ रन जोडे ।

पाकिस्तानका मोहमद हासनेनले ३ विकेट लिए भने हरिस राउफ र इमाद वासिमले २÷२ विकेट लिए । यस्तै, शहेन साह अफ्रिदी र शादब खानले एक÷एक विकेट लिए ।

जितसँगै इङ्ग्ल्यान्डले ३ खेलको श्रृङ्खलामा १–१ को बराबरी गरेको छ । पहिलो टी–ट्वान्टीमा पाकिस्तानले इङ्ग्ल्यान्डलाई ३१ रनले पराजित गरेको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top