देउवालाई मत दिने पार्टीका नेताले अक्षम्य अपराध गरे : सहासचिव पोखरेल

४ साउन, काठमाडौं ।

Advertisement

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टीका केही नेताले अक्षम्य अपराध गरेको टिप्पणी गरेका छन् ।

गएको आइतवार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ जना एमाले सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । उनीहरूको त्यो कदम पार्टीको राजनीतिक तथा साङ्गठनिक जीवनमा अक्षम्य अपराधको घटना भएको महासचिव पोखरेलले बताए ।

Advertisement

आज सोमवार ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको १० औँ केन्द्रीय कमिटीको बैठकमा बोल्दै उहाँले पार्टीको निर्णय विपरीत विपक्ष दलका नेतालाई विश्वासको मत दिने अप्रिय घटना पार्टीका केही नेताले घटाएको उल्लेख गर्दै आपत्ति जनाए ।

महासचिव पोखरलले भने, हाम्रो पार्टीको राजनीतिक, साङ्गठानिक जीवनमा यति अप्रिय घटना पनि घट्दैछन् । हिजो मात्रै हामीले देख्यौँ, हाम्रो पार्टीको निर्णय विपरीत विपक्ष दलका नेताको समर्थनमा मतदान गर्ने काम नेकपा एमालेभित्रका कतिपय व्यक्तिले गर्नुभएको छ । यो पार्टीको राजनीतिक, साङ्गठनिक जीवनमा अक्षम्य अपराधको कोटीमा पर्ने विषय हो । यसलाई हामीले गम्भीर रूपमा लिएका छौँ ।

Advertisement

महासचिव पोखरेलले पार्टीको जीवनमा चुनौती देखिएको उल्लेख गर्दै त्यसलाई समाधान गर्दै अघि बढनुपर्नेमा पनि जोड दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top