×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ओली–नेपाल रणनीति ‘पर्ख र हेर’

६ श्रावण २०७८

६ साउन, काठमाडौँ ।

आन्तरिक विवादमा रहेका एमालेका दुवै समूह यति बेला ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन्।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछिको अवस्थामा एमालेका दुवै समूह आन्तरिक छलफलमा जुटे पनि आगामी बाटोबारे निष्कर्ष निकाल्न सकेका छैनन्। दुवै समूह एकअर्काको निर्णय कुरेर बसेजस्तो देखिएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय कमिटी बैठकबाट निर्णय गराई नेपाल पक्षलाई २४ घण्टे स्पष्टीकरण सोधेको भए पनि मंगलबार कारबाहीको निर्णय नगरी थाती राखेको छ।

नेपाल समूहले पनि स्पष्टीकरण पत्र आइनसकेको भन्दै कुनै प्रतिक्रिया दिएको छैन। ओली पक्षले नेपाल समूह पार्टीबाट बाहिरिँदा कति असर पर्न सक्छ भनी समीक्षा गरिरहेको छ।

मंगलबारको केन्द्रीय कमिटी बैठकमा पार्टीका प्रदेश अध्यक्षले नेपाल पक्ष बाहिरिँदा पर्न सक्ने घाटानाफाबारे रिपोर्टिङ गरेको स्रोतले बतायो। बैठकमा नेता पृथ्वी सुब्बा गुरुङले पार्टी एकताको विकल्प नभएको बताएका थिए।

नेपाल पक्षबाट पनि एकताका पक्षमा निरन्तर आवाज उठाउने नेताहरू रहेकाले यस विषयमा ओली आफैंले सहजीकरण गर्नुपर्ने स्थायी कमिटी सदस्य गुरुङको धारणा थियो।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले प्रदेश अध्यक्षबाट पार्टी संगठनको अवस्थाबारे जानकारी लिने काम भएको बताए। १० बुँदे सहमति कार्यान्वयन गर्दै एकताका निम्ति निरन्तर प्रयास गर्ने निर्णय भएको उनले जानकारी दिए।

Advertisement

सोमबारको बैठकले शेरबहादुर देउवाको पक्षमा भोट हाल्ने २२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । उनीहरूले स्पष्टीकरणको जवाफ नदिए पनि कारबाही गर्ने विषयमा कुनै निर्णय भएको छैन। बैठकमा सकेसम्म पार्टी एकता कायम गरेर जानुपर्ने आवाज उठेको थियो। यो समाचार आजको नागरिक दैनिकमा छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top