राजमार्गमा पहिरोको पिरलो

६ साउन, काठमाडौँ ।

Advertisement

हाम्रा राष्ट्रिय राजमार्गहरू बर्सेनि बाढीपहिरोका कारण अवरुद्ध हुने गरेका छन्। संघीय राजधानी काठमाडौं छिर्ने पृथ्वी राजपथ, त्रिभुवन राजपथ, अरनिको राजमार्गलगायत मुख्य राजमार्गमा वर्षायाममा छिनछिनमै पहिरो जाने गरेको छ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा, त्रिभुवन राजपथको मुग्लिन–नारायणघाट खण्ड, अरनिको राजमार्गको बाह्रबिसेउताको क्षेत्र नभत्किएको वर्ष नै हुँदैन। पूर्व–पश्चिम राजमार्गको दाउन्ने, कोसी राजमार्गको भेंडेटार–धनकुटा, मेची राजमार्गको माई खोला क्षेत्रमा पहिरो गइरहन्छ।

Advertisement

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा हाम्रो देशको भूबनोटका कारण ठाउँ–ठाउँमा पहिरो गएर प्रत्येक वर्ष राजमार्ग अवरुद्ध हुने गरेको बताउँछन्।

‘हाम्रो देशको भूबनोट नै कमजोर छ। फेरि यो नयाँ समस्या पनि होइन’, सहसचिव शर्मा भन्छन्, ‘त्यसैले वर्षायाममा सधैं ठाउँ–ठाउँमा राजमार्ग अवरोध भइरहेका छन्।’

Advertisement

शर्माका अनुसार अरनिको राजमार्गअन्तर्गत बाह्रबिसेउताको भूबनोट कमजोर छ। माथिबाट पहिरो झर्छ, तल भोटेकोसी नदी छ। धनकुटाको मूलघाट, इलामको माई खोला, पूर्व–पश्चिम राजमार्गको दाउन्नेबाट सिद्धबाबाको भूधरातल अत्यन्त कमजोर रहेको उनको भनाइ छ। ‘हाम्रा राजमार्गमा यस्ता भूबनोट कमजोर रहेका क्षेत्र धेरै छन्, जसले वर्षात्मा हामीलाई सधैँ दुःख दिने गरेको छ’, उनी भन्छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top