×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

११ महीनामा थप साढे ४३ हजार महिलाले पाए सहुलियत कर्जा

६ श्रावण २०७८

६ साउन, काठमाडौँ ।

ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा कार्यक्रममध्ये सबैभन्दा बढी महिला उद्यमीमा प्रवाह भएको छ । बैंक तथा वित्तीय संस्थाबाट आर्थिक वर्ष (आव) २०७७÷७८ को ११ महीनामा महिला उद्यमशीलता कर्जा लिने महिलाको संख्या ४३ हजार ८ सय ३१ थपिएको छ ।

Advertisement

यस शीर्षकमा कर्जा लिने महिलाको संख्या जेठ मसान्तसम्म कुल ५० हजार ५ सय १३ जना पुगेको छ । यस शीर्षकमा गत जेठसम्ममा ४४ अर्ब ६६ करोड २० लाख रूपैयाँ बराबरको कर्जा बक्यौता रहेको छ ।

अघिल्लो आवको असारमा ६ हजार ६ सय ८२ जना महिलाले मात्रै यो कर्जा उपयोग गरेका थिए । तर, पछिल्ला प्रत्येक महीना भने यस्तो संख्या थपिँदै गएको छ ।

महिला उद्यमशीलता शीर्षकमा विनाधितो ६ प्रतिशत ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा लिन पाउने व्यवस्था छ । यो कर्जा प्रतिव्यक्ति १५ लाखसम्म लिन पाइन्छ । यस्तो कर्जा विनाधितो लिन पाउने भए पनि बैंक तथा वित्तीय संस्थाहरूले धितोमा दिन रुचाउने गरेको बताउँछन् ।

विनाधितोमा जोखिम बढी हुने भएकाले बैंकहरूले धितोमा सहुलियत दिन भने तत्पर रहेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् ।

महिला उद्यमशीलतापछि व्यावसायिक कृषि तथा पशुपक्षी व्यवसाय शीर्षकमा कर्जा उपयोग गर्ने ऋणीको संख्या बढी देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार जेठसम्म कुल ४४ हजार ७ जनाले यमे कर्जा लिएका छन् ।

गत आवको ११ महीनामा मात्रै यस्तो ग्राहक १९ हजार २ सय ४४ जना थपिएका छन् । यस शीर्षकमा रू. १ खर्ब २ अर्ब ८३ करोड ३९ लाख बराबरको कर्जा बक्यौता रहेको छ ।

सहुलियत कर्जामा सबैभन्दा कम सीटीईभीटीबाट अनुमति लिएका संस्थाबाट तालीम लिनेहरू रहेका छन् । यस्तो तालीम लिने २ जनाले मात्रै ऋण लिएका छन् ।

उनीहरूको ३ लाख ७० हजारको मात्रै बक्यौता रहेको छ । शीर्षकमा आवश्यक नठानेर शायद कमै मान्छेको माग आउने गरेकाले पनि यस्तो कर्जा प्रवाह नभएको बैंकरहरू बताउँछन् ।

यसपछि कम कर्जा युवा स्वरोजगार कर्जामा रहेको छ । यसमा ३ जना ऋणीले मात्र उपयोग गरेका छन् । उनीहरूको साढे ११ लाख बक्यौता रहेको छ ।

सहुलियत कार्यक्रमअन्तर्गत ‘शिक्षित युवा स्वरोजगार कर्जा’ हालसम्म १ सय ४१ जना ऋणीले मात्र उपयोग गरेका छन् । उनीहरूको ६ करोड २६ लाख रुपैयाँ बराबरको ऋण बक्यौता रहेको तथ्यांकले देखाउँछ । गत आवको ११ महीनामा भने यस्तो कर्जा उपयोग गर्ने ऋणी ७६ जना थपिएका छन् ।

यसमा प्रमाणपत्र धितो राखेर विद्यार्थीले कर्जा लिन पाउने भए पनि बैंकरहरूले नपत्याएको भन्ने गुनासो सुनिन्छ । बैंकरहरूले पनि शैक्षिक प्रमाणपत्र धितो राखेर विद्यार्थीले कर्जा दिँदा जोखिम हुनसक्ने बताउँछन् ।

चालू आर्थिक वर्षको बजेटले शैक्षिक प्रमाणपत्र धितोमा २५ लाखसम्मको कर्जा दिने घोषणा गरेको छ । तर, यस्तो ऋणमा उत्कृष्ट प्रोजेक्ट योजना र विश्वास नभएसम्म पत्याउन गाह्रो हुने संघका अध्यक्ष दाहाल बताउँछन् ।

‘विदेशबाट फर्केका युवा परियोजना कर्जा’ शीर्षकमा ७ सय ९१ जनाले कर्जा उपयोग गरेका छन् । उक्त संख्याका ऋणीको रू. ५७ करोड ८२ लाखको ऋण बक्यौता रहेको छ । शिक्षित युवा स्वरोजगार कर्जा रू. ७ लाखसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा रू. १० लाखसम्म लिन पाइने व्यवस्था छ ।

दलित समुदाय व्यवसाय विकास कर्जा ८ सय ५७ जनाले उपयोग गरेका छन् । उनीहरूको रू ५२ करोड २ लाख कर्जा बक्यौता रहेको छ । यसैगरी, करीब ८८ जनाले उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जाको लाभ लिएका छन् ।

हालसम्म २ सय ३२ जनाले भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा लिएका छन् । उनीहरूको रू. ५ करोड १३ लाख रुपैयाँ वक्यौता रहेको छ । यसबाहेक, २ सय १८ जना कपडा उद्योगीले समेत सहुलियत कर्जा उपयोग गरेका छन् । यस्तो कर्जाको बक्यौता रू. २ अर्ब २३ करोड ४३ लाख रहेको छ ।

Advertisement

सबै शीर्षकमा गरेर ११ महीनामा ९६ हजार ८ सय ५२ जना ऋणीले सहुलियत कर्जा उपयोग गरेकाले प्रभावकारी बन्दै गएको केन्द्रीय बैंकका सह प्रवक्ता नारायणप्रसाद पौडेल बताउँछन् । उक्त अवधिमा उक्त ऋणीको बक्यौता रू. १ खर्ब ५० अर्ब ९६ करोड ३७ लाख बराबरको रहेको छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top