काठमाण्डौ उपत्यकाभित्र बढी भाडा लिने २ सय ५१ गाडी कारबाहीमा, उपत्यका बाहिर पनि अनुगमन सुरु

६ साउन, काठमाडौं ।

काठमाण्डौ उपत्यकाभित्र बढी भाडा लिने २ सय ५१ गाडी कारबाहीमा परेका छन् । साउन एक गतेदेखि नै अनुगमन सुरु गरेको र पाँच दिनमा २ सय ५१ गाडी कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाले शुक्रबारदेखि शनिबारसम्म १ सय ६० तथा आइतबार, सोमबार र मंगलबार गरी थप ९१ वटा गाडीलाई कारबाही गरेको थियो । हिजो मात्रै १७ वटा गाडी कारबाहीमा परेका छन् ।

यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने गाडीमा साउन १ गतेदेखि लागू हुने गरी २८ प्रतिशतसम्म भाडा बढाएको थियो । तर अन्तर प्रदेशमा बढेको भाडादरलाई देखाएर छोटो दूरीमा समेत मनपरि भाडा लिन थालेपछि अनुगमन थालिएको महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले जानकारी दिए ।

बढी भाडा लिने गाडीलाई निःशुल्क नम्बर १०३ मा फोन गरेर सूचना दिन पनि महाशाखाले आग्रह गरेको छ । एउटै गाडीले पटक पटक बढी भाडा लिएको पाइएमा पाँच हजार रुपैयाँसम्म जरिवाना हुने पनि प्रवक्ता दासले बताए ।

काठमाण्डौ उपत्यका बाहिर पनि बढी भाडा लिएको गुनासो बढ्न थालेको छ । प्रदेशभित्रकै एक जिल्लाबाट अर्को जिल्लामा चल्ने तथा छोटो दूरीका गाडीले बढी भाडा लिएपछि अनुगमन थालेको यातायात व्यवस्था विभागले जनाएको छ ।

कुनै बसले तोकिएको भन्दा बढी भाडा लिएको पाइएमा नजिकको प्रहरी वा प्रशासनमा उजुरी गर्न विभागले अनुरोध गरेको छ । उजुरीकै आधारमा तोकिएको भन्दा बढी भाडा लिने सिन्धु हेलम्बु यातायातको बा ३ ख २७१९ नम्बरको बस हिजो कारबाहीमा परेको छ ।

तोकिएको भन्दा बढी भाडा लिएको गुनासो आएपछि कारबाही गरेको मेलम्चीका ट्राफिक प्रहरी प्रह्लाद दाहालले बताउनुभयो । बसमा अनिवार्य भाडा सूची टाँस्न, सिट क्षमता भन्दा बढी यात्रु नराख्न तथा कोरोना सङक्रमण जोखिम कायमै रहेकाले यात्रु, चालक तथा सहचालक सबैले स्वास्थ्यका मापदण्डको पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top