प्रतिगामी तत्व परास्त भएको अवसरका रुपमा इद मनाउन प्रचण्डको आग्रह

प्रतिगामी तत्व परास्त भएको अवसरका रुपमा इद मनाउन प्रचण्डको आग्रह

६ साउन, काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको तागतका अगाडि प्रतिगामी तत्वहरू परास्त भएको बताएका छन्।

इस्लाम धर्मावलम्बीको महान् पर्व इद–उल–अजाह (बकर–इद)को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले प्रतिगामी तत्वहरुबाट समुदायको कटौती भएको अधिकारको पुनर्बहालीको अवसरका रुपमा पर्व मनाउन आग्रह गरेका हुन् ।

‘समाजका विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीहरुमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीहरुबाट हमला गर्ने काम भए ।

समुदायले हासिल गरेका हक अधिकारहरुको कटौती हुन थाल्यो । तर, त्यस्ता प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भए । त्यसकारण आजको दिन समुदायको कटौति भएको अधिकारको पुनर्बहालीको अवसरका रुपमा मनाउन आग्रह गर्दछु ।’ अध्यक्ष प्रचण्डले भनेका छन् ।

त्यस्तै, अध्यक्ष प्रचण्डले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता र एकताको बलमा मुलुकमा ठूलाठूला राजनीतिक र सामाजिक परिवर्तन भएको पनि बताएका छन् ।

‘वर्षौंदेखि नेपाली समाजले आफ्नो छुट्टै पहिचानका रुपमा अभ्यास गर्दै आएको सामाजिक व्यवस्था बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक हो ।

नेपालीहरुको यही विशेषताका कारण नेपाल एक अविभाज्य र सार्वभौम राष्ट्र बन्न सफल भएको हो । नेपाली समाजको यही विशेषता र एकताको बलमा नेपालमा ठूलाठूला राजनैतिक र सामाजिक परिवर्तनहरु भए ।’ जारी शुभकामना सन्देशमा उल्लेख छ । उनले कोरोना महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरुको पालना गर्दै बकर इद मनाउन आग्रह गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.