×

NEPAL TIMES UPDATES

Playing
प्रतिनिधिसभामा रास्वपाको बहुमत सम्भावित दुई तिहाइ || Nepal Times
Mar 08, 2026
Playing
Top 15 Afternoon News || Mar-08-2026 || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ प्रतिवेदन प्रधानमन्त्रीको हातमा–निचोड सार्वजनिक गर्ने || Nepal Times
Mar 08, 2026
Playing
T20 World Cup 2026: उपाधिका कसको ? || Nepal Times
Mar 08, 2026
Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026

द्रुतमार्ग निर्माणको वित्तीय प्रगति ९७.३४ %

६ श्रावण २०७८

६ साउन, काठमाडौं ।

तराई (मधेश) द्रुतमार्ग निर्माणको वित्तीय प्रगति ९७.३४ प्रतिशत भएको छ । गत आर्थिक वर्ष ०७७–७८ मा ८ अर्ब ९६ करोड ८८ लाख विनियोजन भएकोमा वार्षिक वित्तीय प्रगति ९७.३४ प्रतिशत प्राप्त भएको नेपाली सेनाले जनाएको छ ।

मंगलबार सेनाले विज्ञप्ति जारी गर्दैै गत आवमा आयोजनाको कुल अंशको थप ५.१० प्रतिशत काम सम्पन्न भई आयोजनाको कुल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य राखिएकोमा समष्टिगत भौतिक प्रगतितर्फ १६.१० प्रतिशत भौतिक र वित्तियतर्फ १४.५१ प्रतिशत लक्ष्य हासिल गरेको जनाएको छ ।

अघिल्लो वर्ष र गत वर्ष अन्तर्राष्ट्रिय परामर्शदातामा छनोटमा समय व्यतित गरेकोले प्रगति नदेखिएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लव पौडेलले बताए । उनले भने, ‘अघिल्लो आवमा सुरुङ मार्गको ठेक्का लागेको थिएन भने गत आव २०७७–७८ अन्त्यमा भने दुवै सुरुङमार्गको ठेक्का लागिसकेको छ ।’

सुरुङमार्ग निर्माण कम्पनीले आएर काम थालेको सेनाले जनाएको छ । ‘६ महिनाको डिजाइन समय हो, ३१ वैशाखबाट डिजाइनको समय सुरु भैसकेको छ र दुवै कम्पनीले काम थालेको छ,’ उनले भने ।

सुरुङ्ग मार्ग निर्माणका लागि इपिसी मोडेलमा अन्तर्राष्ट्रिय बोलपत्र आव्हान पश्चात आवश्यक प्रक्रिया पूरा गरी अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनौट कार्य सम्पन्न भएको थियो । सडक आयोजनाको डिजाईन तथा कन्स्ट्रक्शन सुपरभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता तथा स्थानिय विषय विज्ञहरु छनौट गरी सर्भे लगायतका कार्यहरु सुचारु गरिएको छ ।

आयोजनास्थलमा १४ वटा बेलिब्रिज जडान गर्ने योजना अनुसार ८ वटा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याइएको छ भने अन्य जडान हुने क्रममा रहेको छ । पुल तथा सुरुङ्ग निर्माण कार्यको लागि आवश्यक पर्ने पहुँच मार्ग निर्माण कार्य अगाडी बढाईएको पनि सेनाले जनाएको छ ।

आयोजनाको ५ स्थानमा वेस ल्याब इक्यूपमेन्ट जडान गरी गुणस्तर परिक्षण गर्ने कार्य गरिएको साथै अन्तर्राष्ट्रिय परामर्शदाताको परामर्श अनुसार एडभान्स ल्याव इक्यूमेन्टहरु समेत थप गर्ने व्यवस्था मिलाइएको छ ।

हालसम्म ९१.५ प्रतिशत जग्गा अधिकरण तथा मुआब्जा वितरण सम्बन्धी कार्य सम्पन्न गरिएको छ भने खोकना–बुङमति ईलाकामा रहेको जग्गा विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका प्रतिनिधिको संयोजकत्वमा समन्वय उप–समिति गठन गरी आवश्यक समन्वय तथा पहल भइरहेको पनि सेनाले जनाएको छ ।

रुख कटान तथा व्यवस्थापन सम्बन्धी कार्य शतप्रतिशत रुपमा सम्पन्न गरिएको छ । रुख कटान भए अनुसार १ः२५ को अनुपातमा बृक्षारोपण गर्ने कार्य मुताविक चालु आवको असार मसान्तसम्म कुल जम्मा २ लाख ४९ हजार १६६ वटा वृक्षारोपण गरिएको छ ।

आयोजनाको समष्टिगत वातावरण प्रभाव मूल्याङ्कन तथा सुरुङ्ग मार्ग र पुल निर्माण सम्बन्धमा केही परिमार्जन भए अनुरुप पूरक वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति भई कार्य प्रारम्भ गरिएको छ ।

काठमाडौं–तराई–मधेशद्रुतमार्ग अन्तर्गत कुल लम्बाई ७२.५ किमीमध्येमा सुरुङमार्ग ६.४१ किमी, १०.५१ किमी पुल र ५५.५ किमी सडक खण्डमा निर्माण सडक विस्तार गर्ने योजना छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top