×

NEPAL TIMES UPDATES

Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026

ठेक्काको म्याद १ वर्ष थप्न माग

७ श्रावण २०७८

७ साउन, काठमाडौं ।

नेपाल निर्माण व्यवसायी महासंघले कात्तिक मसान्तसम्मलाई शून्य समय ‘कन्स्ट्रक्शन होलिडे’ मानेर निर्माणाधीन आयोजनाहरूको म्याद १ वर्ष थप्ने नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

Advertisement

चालू आर्थिक वर्षको बजेटले ६ महीनाको म्याद थप्न भनेको तर कार्यान्वयन नभएका बेला महासंघले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर १ वर्ष म्याद थप्न आग्रह गरेको हो ।

बुधवार प्रधानमन्त्री देउवालाई महासंघका अध्यक्ष रवि सिंहसहितको प्रतिनिधिमण्डलले भेटेर यस्तो माग गरेको हो । भेटका क्रममा प्रधानमन्त्री देउवाले व्यवसायीहरूका मागहरू अध्ययन गरेर समस्या समाधान गरिने बताउनुभएको छ ।

कन्स्ट्रक्शन होलिडेपछि मात्रै सार्वजनिक निकायका अधिकारीले गरेको निर्णय मितिबाट गणना हुनेगरी सबै ठेक्कामा स्वतः १ वर्ष म्याद थप्न आग्रह गरिएको महासंघका अध्यक्ष सिंहले जानकारी दिए ।

चालू आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्यमा निर्माण आयोजनाहरूको ६ महीना म्याद थप हुने व्यवस्था गरिएको छ । तर, कोभिडको दोस्रो लहर, वर्षात्को मौसम, सिजनअनुसार हुने कार्य र त्यसपछिका चाडबाडका कारण आउँदो कात्तिकसम्म कन्स्ट्रक्शन होलिडे मानेर म्याद थपलाई अघि बढाउन आग्रह गरिएको उनको भनाइ छ ।

महासंघले धरौटी फिर्ता र भुक्तानीका विषयमा ध्यानाकर्षण गराएको छ । अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयनको माग गर्दै महासंघले पूरक बजेट ल्याइए त्यसमा पनि निर्माण व्यवसायीहरूको माग सम्बोधन गरिदिन आग्रह गरेको छ ।

महासंघले बजेटसँग सम्बद्ध म्याद थप, धरौटी रकम फिर्तालगायत विषयमा प्रधानमन्त्री देउवासमक्ष लिखित सुझाव पेश गर्दै कार्यान्वयनका लागि आग्रह गरेको सिंहले बताए ।

२०७६ पुसमा सार्वजनिक खरीद नियमावलीको नवौं संशोधनबाट १ वर्ष म्याद थप गर्ने निर्णय गरिएको थियो । तर, सोही वर्षको चैत ११ गतेदेखि भएको बन्दाबन्दी र त्यसपछि पनि २०७७ माघ ११ गते म्याद थपका लागि निर्णय भएको थियो ।

त्यसबाट समेत म्याद थपको समस्या समाधान नभई दुई सिजनमा गरी लगभग ५ हजार आयोजनाहरू प्रभावित भएको महासंघको भनाइ छ । ती आयोजनाहरूका लागि म्याद थपको निर्णय भएको मितिभन्दा अगाडि म्याद समाप्त भएका सबै आयोजनाहरूका लागि स्वतः १ वर्ष म्याद थप गरिनुपर्ने माग गरिएको छ ।

सार्वजनिक खरीद नियमावली, २०६४ मा भएको छैटौं संशोधनअनुसार शुरू सम्झौताको ५० प्रतिशतभन्दा बढी हुने गरी म्याद थप गर्न पाइने छैन भनी व्यवस्था गरिएको छ । उक्त व्यवस्थाअनुसार एकपटक म्याद थप सम्बन्धमा निर्णय भइसकेकोमा पुनः म्याद थप हुने छैन ।

यसले निर्माण कार्यको म्याद थप गर्न गम्भीर जटिलता सृजना भएको र धेरै आयोजनाहरूको म्याद थप हुन नसकेको भन्दै महासंघले अव्यावहारिक व्यवस्था खारेज गर्न पनि सुझाव दिएको छ ।

बजेट वक्तव्यमा उल्लेख भएअनुसार धरौटी रकमबापतको ५० प्रतिशत रकमको सट्टा शतप्रतिशत फिर्ता गर्न पनि महासंघले माग गरेको छ ।

Advertisement

सार्वजनिक खरीद ऐनको दोस्रो संशोधन व्यवसायीमैत्री बनाउन सरोकारवालाहरू संलग्न विज्ञ टोली गठनका लागि अध्यक्ष सिंहले प्रधानमन्त्री देउवासमक्ष आग्रह गरे । व्यवसायीहरूको ठूलो भुक्तानी रोकिएकाले तत्काल भुक्तान गरिदिन पनि आग्रह गरिएको छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top