राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

९ साउन, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शुक्रबार साँझ शितलनिवास पुगेका थिए ।

Advertisement

प्रधानमन्त्रीको सपथग्रहणपछि देउवाले पहिलो पटक राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । सर्वोच्च अदालतको आदेशपछि असार २९ गते मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई सोही दिन राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन्।

शपथ ग्रहणकै कार्यक्रममा राष्ट्रपतिले प्रधानमन्त्री देउवालाई बधाई समेत नदिएको विषय पनि चर्चामा आएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top