हेटौँडा सिमेन्ट उद्योगले बेच्यो एक अर्ब ४० करोड बराबरको सिमेन्ट

९ साउन ७८, आइतबार

१० साउन, काठमाडौँ ।

Advertisement

वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले गत आर्थिक वर्ष २०७७र७८ मा कूल रु एक अर्ब ४० करोड ३३ लाख ९९ हजार ४४।१५ पैसा बराबरको सिमेन्ट बिक्री गरेको जनाएको छ । सो आवमा कूल १८ लाख ५३ हजार ७६४ बोरा सिमेन्ट बिक्रीबाट सो बराबरको आर्थिक कारोवार गरेको हेटौँडा सिमेन्ट उद्योगले जनाएको छ ।

उक्त आवमा कूल ३१ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य भए पनि कोरानाको असहज परिस्थिति, पुरानो मेसिनरी उपकरण र पटक–पटक मर्मतसम्भार गर्नुपर्दा लक्ष्यअनुसार सिमेन्ट उत्पादन हुन नसकेको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिए ।

Advertisement

उद्योगका अनुसार विसं २०७७ साउन महिनामा एक लाख ५१ हजार १८३ बोरा सिमेन्ट बिक्री भएको देखिन्छ भने भदौमा एक लाख ३९ हजार ९६६ बोरा र असोजमा एक लाख ३२ हजार ७९६ बोरा सिमेन्ट बिक्री भएको उद्योगको बिक्री महाशाखाले जनाएको छ । यसैगरी २०७७ कात्तिकमा एक लाख एक हजार ९९३ बोरा, मङ्सिरमा एक लाख ४१ हजार ३७० बोरा र पुसमा एक लाख ८४ हजार ३३९ बोरा सिमेन्ट उद्योगबाट बिक्री भएको देखिन्छ ।

उद्योगका अनुसार विसं २०७७ को माघमा एक लाख ५० हजार ५९८ बोरा, फागुनमा एक लाख ६४ हजार ७०९ बोरा सिमेन्ट बिक्री भएको छ भने चैतमा दुई लाख सात हजार ८१३ बोरा सिमेन्ट बिक्री भएको देखिन्छ । विसं २०७८ वैशाखमा दुई लाख ३० हजार ८८ बोरा, जेठमा एक लाख २६ हजार ५३१ बोरा र असारमा एक लाख २२ हजार ५३१ बोरा सिमेन्ट बिक्री भएको उद्योगको बिक्री महाशाखाले जनाएको छ ।

Advertisement

उद्योगका विभिन्न चार स्थानमा चुनढुङ्गा खानी छ । यद्यपि उद्योगले गत आवमा आवश्यक कच्चा पदार्थ व्यवस्थापनका लागि मकवानपुरको ओखरे र धादिङको जोगिमाराबाट मात्र चुनढुङ्गा ल्याएको थियो । उद्योगले सो आवमा कूल एक लाख ५० हजार मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने लक्ष्य लिए पनि कूल एक लाख मेट्रिक टन मात्र क्लिङ्कर उत्पादन गरेको उद्योगले जनाएको छ ।

एशियाली विकास बैंकको ऋण सहयोगमा विसं २०३३ मा स्थापना भएको यस उद्योगमा तत्कालीन अर्थ मन्त्रालय, जलस्रोत मन्त्रालय, उद्योग मन्त्रालय, खानी विभागलगायत विभिन्न सरकारी निकायको समेत शेयर छ । उद्योग लामो समयदेखि नाफामा जान सकेको छैन । यद्यपि उद्योगलाई नाफामा लैजान अन्य निजी क्षेत्रबाट स्थापना गरिएका सिमेन्ट उद्योगसरह नयाँ प्रविधि जडान गर्ने गरी विकास गर्न आवश्यक रहेको महाप्रबन्धक सिंहले जानकारी दिए ।

हेटौँडा सिमेन्ट उद्योगअन्तर्गत करिब १०१ बिघा क्षेत्रफलमा उद्योग र आवास क्षेत्र रहेको छ भने करिब २०० बिघा क्षेत्रफल विभिन्न स्थानमा उद्योगका लागि आवश्यक कच्चा पदार्थ खानी ९चुनढुङ्गा० रहेको क्षेत्र छ । उद्योगका लागि आवश्यक कच्चा पदार्थ व्यवस्थापनका लागि मकवानपुरको ओखरे, भैसे, मजुवा र धादिङको जोगिमारामा चुनढुङ्गा खानी छ ।

यस उद्योग केही सीमित आवबाहेक अन्य धैरैजसो आवमा विविध कारणले आर्थिकरूपमा ठूलो नोक्सानीसहित सञ्चालन हुँदै आएको छ । पुराना मेसिनरी प्रविधि र पटकपटक बिग्रने समस्या तथा लागत खर्च बढी आउने कारणले अन्य निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योगमा आर्थिकरूपमा नोक्सानी हुँदै आएको उद्योगका कामु प्रबन्धक (अर्थ) रामबाबु साहले बताए । उद्योगको पछिल्लो अवस्था हेर्दा वार्षिक करिब रु दुई अर्ब बराबरको वार्षिक आम्दानी देखिन्छ भने करिब दुई अर्बभन्दा बढी वार्षिक खर्च देखिन्छ । उद्योगको बढी खर्च कर्मचारी पारिश्रमिक, कच्चा पदार्थ व्यवस्थापन तथा मर्मतसम्भार क्षेत्रमा देखिन्छ ।

उद्योगमा स्थापना गरिएको प्रविधि निकै पुरानो भए पनि जर्मन मोडलको हो । सिमेन्ट उत्पादनका दृष्टिले यो प्रविधिलाई विश्वमै उत्कृष्ट मानिन्छ । तोकिएको गुणस्तर मापदण्ड पुगेका कच्चा पदार्थलाई मात्र प्रयोगशालाले स्वीकार गर्दछ । यद्यपि निजी क्षेत्रको जस्तो अत्यधिक मुनाफा कमाउने उद्देश्य नभएकाले गुणस्तर उद्योगको मुख्य प्राथमिकता रहेको उद्योगले जनाएको छ ।

उद्योग प्रशासनका अनुसार हेटौँडा सिमेन्टको माग मुलुकका मुख्य शहरमा अत्यधिकरूपमा बढी भएको पाइन्छ । काठमाडौँमा हेटौँडा सिमेन्ट प्रयोग गरेर निर्माण गरिएका घरमा विसं २०७२ को विनाशकारी भूकम्पबाट कम क्षति भएको पाइएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादित सिमेन्टको माग बढेको उद्योगको दाबी छ । विसं २०३३ मा स्थापित उद्योगले २०४२ बाट व्यावसायिक उत्पादन शुरु गरेको थियो । उद्योगमा हाल २८५ स्थायी र करिब १०० ज्यालादारी कर्मचारी तथा मजदुर कार्यरत छन् ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top