×

NEPAL TIMES UPDATES

Playing
NASAले चन्द्रमामा पठाएको यानको ब्रिगिएको शौचालय कसरी बनायो ? || Nepal Times
Apr 06, 2026
Playing
फेवाताल किनारमा गृहमन्त्रीले लिजमा लिएको भनिएको २० रोपनी जग्गा| भिडियो : नेपाल फोटो लाइब्रेरी
Apr 06, 2026
Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026

प्रदेश १ कै उत्कृष्ट प्राविधिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निक अब विश्व विद्यालय , प्रदेश सरकारको पनि उच्च प्रथामिकतामा (फोटो फिचर)

२० असार २०७५

विराटनगर, असार २०
प्रदेश नम्बर १ कै उत्कृष्ट प्राविधिक शिक्षालय मोरङको बुढीगंगा ४ स्थित मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूट अब प्राविधिक विश्वविद्यालय बन्ने भएको छ । विभिन्न प्राविधिक विषय अध्यापन हुँदैआएको सो इन्स्टीच्यूट १ नम्बर प्रदेश सरकारले प्राविधिक विश्व विद्यालय घोषणा गरेसँगै प्रदेशवासी हर्षित बनेका छन् ।

Advertisement

स्थानिय सुदर्शन ढकालले विश्व विद्यालय भएपछि प्राविधिक विषय अध्यनका लागि चर्को मुल्य तिरेर निजि प्राविधिक शिक्षालय तथा प्रदेश बाहिर जानु नपर्ने भएको प्रदेशबासीका लागि खुशिको विषय भएको बताए ।

उनले भनेँ ‘ प्रदेश १ को एकमात्र धरोहर र उत्कृष्ठ प्राविधिक शिक्षालय मनमोहन पोलिटेक्निक विश्व विद्यालय बन्ने भएको छ । यसले हामी प्रदेशबासी निकै हर्षत छौँ । किन भने अहिले औपचारिक सैद्धान्तीक शिक्षा भन्दा प्राविधिक शिक्षा जरुरी छ । प्राविधिक शिक्षा आर्जन गर्नेले सजिलै रोजगारी पाउने भएकाले विश्व विद्यालय बन्दा अन्य थुप्रै प्राविधिक विषय थप भएर अध्यन अध्यान हुन्छ । यो हाम्रा लागि गौरवको विषय हो ।’

त्यस्तै बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझिले बुढिगंगा भित्रै रहेको मनमोहन पोलिटेक्निक अब विश्व विद्यालय बन्ने भएकाले आफुहरु हर्षित बनेको बताए । उनले भने ‘ विश्व विद्यालय बन्दा बुढीगंगाका स्थानियलाई रोजगारिको अबसर सृजना हुन्छ । स्थानिय आदिबासी जनजाति, दलित, मधेशि, मुस्लिम तथा पिछडा वर्ग एवम लक्षित समुदायका विद्यार्थीले उच्च प्राविधिक शिक्षा अध्यन गर्न सहजैरुपले पाउने र स्वरोजगारको अवस्था समेत सृजना हुने भएकाले विश्व विद्यालय बन्नेकुराले हामि निकै हर्षित छौँ । यति हर्षित छौँ कि शब्दमा व्यक्त गर्न सक्दैनौँ ।’

स्थानिय मात्र होइन प्रदेश १ का उद्योगि व्यवसायी पनि मनमोहन पोलिटेक्निक विश्व विद्यालय हुने भएपछि सो विश्व विद्यालयबाट दक्ष प्राविधिक जनशक्ति उत्पादन हुने भएकाले उद्योग व्यवसाय क्षेत्रमा रहेको कामदार अभाव न्यूनिकरण हुने भन्दै हर्षित बनेका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष मुकेश उपाध्यायले हाल उद्योग व्यवसायका क्षेत्रमा दक्ष प्राविधिक जनशक्ति अभाव रहेकाले छिमेकि मुलुक भारतबाट कामदार आयात गरेर काममा लगाईरहनुपरेकाले आफुहरुलेनै पोलिटेक्निकलाई विश्व विद्यालय बनाइनुपर्ने प्रदेश सरकार समक्ष प्रस्ताव राखेको र केहिदिन अघिमात्र प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय घोषणा गरेको भन्दै खुशि व्यक्त गरे ।

उनले भने ‘ अहिले प्रदेशमा बेरोजगारिको समस्या हामीले सुन्दै आएका छौँ । उद्योग तथा कल कारखानाहरुलाई कामदार भन्दा पनि दक्ष कामदारको अभाब छ । दक्ष प्राविधिक जनशक्तिको अभावमा हामीले भारतबाट कामदार ल्याएर काममा लगाउनु परिरहेको छ ।

त्यसैले दक्ष प्राविधिक जनशक्ति स्वदेशबाटै अथवा प्रदेशबाटै पूर्ति हुन सकिरहेको छैन यहि कुरालाई मध्य नजर गर्दै हामीले मनमोहन स्मृति पोलिटेक्निकलाई प्राविधिक विश्व विद्यालय बनाउनुपर्छ भन्ने प्रस्ताव प्रदेश सरकार समक्ष राखेका थियौँ र केहिदिन अघिमात्र प्रदेश सरकारले निति तथा कार्यक्रममै समेटेर विश्वविद्यालय घोषणा गरेको छ । यसबाट हामीलाई अभाब रहेको दक्ष प्राविधिक जनशक्ति उत्पादन हुनेछ भन्नेमा विश्वस्छौँ ।’

सो इन्स्टीच्यूटको एक कार्यक्रमका बिच १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले केहि दिन अघि मात्र विश्व विद्यालय घोषणा गरेका हुन् । प्रदेश सरकारले सो इन्स्टीच्यूटलाई विश्व विद्यालयका रुपमा विकास गर्न आर्थिक वर्ष २०७५/७६ को निति तथा कार्यक्रममै समेटेको छ । प्रदेश सरकारले सो पोलिटेक्निक स्तरोन्नती गरि विश्व विद्यालयका रुपमा विकास गर्न २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

करिब २१ विघा क्षेत्रफलमा सञ्चालन भईरहेको मनमोहन स्मृति पोलिटेक्निकमा सिभिल इनजीनियरिङ, मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स,लगायतका भोकेसनल ट्रेनिङ(छोटो अवधिका तालिमहरु) लगायतकाप्राविधिक विषयहरुको अध्यापन हुँदै आएको छ ।

यस्तो छ मनमोहन पोलिटेक्निकको इतिहास
सो पोलिटेक्निक स्थापनाका लागि २०५६ सालमा पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको अध्यक्षतामा मनमोहन स्मृति प्रतिष्ठान दर्ता भएर २०६० सालमा अधिकारीकै अध्यक्षतामा मनमोहन स्मृति पोलिटेक्निक दर्ता भएको थियो ।

सोहि वर्षको असारमा नेपाल सरकार, भारत सरकार र मनमोहन स्मृति प्रतिष्ठान बिच त्रिपक्षिय सम्झौता बमोजिम २०६१ सालमा ६ विघा ७ कट्ठा क्षेत्रमा पूर्वाधार निर्माणको काम सुरु भएको हो जसको शिलान्यास तत्कालिन भारतिय राजदुत शिवशंकर मुखर्जिले गरेका थिए । हाल उक्त पोलिटेक्निक २१ विघा २ कट्ठा १० धुरमा सञ्चालीत छ ।

सो पालिटेक्निकको पूर्वाधार निर्माणकार्य तथा आवश्यक फर्निचर तथा सम्पूर्ण उपकरणहरु भारत सरकारलेनै सहयोग गरेको मनमोहन स्मृति प्रतिष्ठानका सदस्य तथा सुचना तथा सञ्चार प्रमुख सत्यनारायण चौधरिले जानकारी दिए ।

कहिलेदेखी सञ्चालनमा ?
उक्त पोलिटेक्निकको पूर्वाधार निर्माणकार्य २०६५ सालमा सम्पन्न भएको हो । उक्त समयमा २५ वटा भवनहरु, प्रशासकिय भवन १, विभागिय भवन ४, वर्कशप तथ तालिम भवन २, अडिटोरियम हल १, क्यान्टीन १, पुस्तकालय तथा कम्प्यूटर भवन १, प्रिन्सिपल क्याटर, गेष्ट हाउस १/१ वटा निर्माण सम्पन्न गरिएको थियो ।

त्यस्तै ५३ परिवार बसोबासका लागि स्टाफ क्वाटर ९, छात्र तथा छात्राबास १÷१ र उपचार केन्द्र एउटा भारत सरकारले निर्माण गरि हस्तान्तरण गरेको हो । पूर्वाधार निर्माण र उपकरणहरु गरि भारत सरकारले करिब ४२ करोड रुपैयाँ बराबरको सहयोग गरेको हो ।

विक्रम सम्वत २०६६ सालमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालिन भारतिय राजदुत राकेश सुदले उद्घाटन गरेर सोहि वर्षको मंशिर महिनादेखी डिप्लोमा इन मेकानिकल, इलेक्ट्रिकल र इलोक्ट्रोनिक विषयमा ४८÷४८ जना विद्यार्थी गरि १ सय ४४ जनाबाट पहिलो वर्षको अध्यापन सुरु भएको थियो ।

कक्षा सञ्चालनका लागि भारत सरकारले सोहि वर्षदेखि २०७१ साल सम्म भारत सरकारले १२ करोड रुपैयाँ लगानि गरि ९ जना विज्ञहरुसमेत उक्त पोलिटेक्निकलाई उपलब्ध गराएको थियो । २०६८ सालदेखी भने डिप्लोमा इन सिभिल इन्जीनियरिंग कार्यक्रम थप गरिएको पोलिटेक्निकले जनाएको छ ।

सो कलेजले स्थापना कालदेखी हाल सातौँ ब्याच सम्म आईपुग्दा १ हजार ४९ जना दक्ष प्राविधिक जनशक्ति उत्पादन गरिसकेको छ । कलेजबाट उत्पादीत ८० प्रतिशत भन्दा बढी प्राविधिक जनशक्तिले राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रम बजारमा रोजगारि पाएको कलेजले जनाएको छ ।


कलेजले संस्था सुधार योजना अन्तर्गत व्यवसायीक शिक्षा तालिम अभिबृद्धि (इभेन्ट) सँग उपकरण खरिद, स–साना निर्माण व्यवस्थापन तथा शैक्षिक सुधारनिम्ती सम्झौता गरेको छ ।

कलेजले ४ करोड रुपैयाँको लागतमा रुपैयाँको लागतमा डिप्लोमा इन सिभिल इन्जीनियरिंग भवनसमेत निर्माण सम्पन्न गरेको छ । जसको भर्खरै प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले उद्घाटन समेत गरिसकेका छन् ।

कलेजले सिटिइभिटि सँग सम्झौता गरि २०७२ सालमा भुकम्प पिडित परिवारका ४० विद्यार्थीलाई डिप्लोमा इन सिभिल इन्जीनियरिङ अध्यापन गराएको छ । त्यस्तै दलित समुदायका २४ जना विद्यार्थीलाई पनि अध्यापन गराएको छ । २०७३ सालमा कलेजले भुकम्प प्रतिरोधात्मक घर निर्माण सम्बन्धी १०० जनालाई तालिम दिएको छ ।

उक्त शिक्षालयलाई २०७३ भदौ २२ गते शिक्षा मन्त्रालयले ३७ औँ राष्ट्रिय शिक्षा दिवसका अबसरमा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद अन्तर्गत आंगिक तथा निजि शिक्षालयहरु मध्ये प्रदेश १ कै उत्कृष्ठ प्राविधिक शिक्षालय घोषणा गर्दै नगद पुरस्कार सहित सम्मान गरेको छ ।

रकार, भारतस सरकार र मनमोहन स्मृति प्रतिष्ठान बिच २०६० सालमा भएको त्रिपक्षिय सम्झौता बमोजिम भौतिक पूर्वाधार, मेशिनरि उपकरण र मानविय मनमोहन स्मृति प्रतिष्ठानका सदस्य एवम् सुचना तथ सञ्चार प्रमुख सत्य नारायण चौधरीले शैक्षिक, आर्थिक तथा सांस्कृतिक प्रवद्र्धन सँग संगै राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराई यो भेगमा रहेका आदीवासि थारु मुस्लिम, दलित, मधेशीलगायतमा सामाजिक सदभावदेखि विकासमा ठेलो टेवा पु¥याउँदै आएको बताए ।

Advertisement

पोलिटेक्निकलाई क–कसको सहयोग ?
पोलिटेक्नीकका प्राचार्य डा. सुभाषश्री पोखरेलले पोलिटेक्नीकमा हाल नेपाल सरकार, भारत सरकार , जापान सरकार तथा स्वसीस सरकारको समेत सहयोगमा विभिन्न परियोजनाहरु सञ्चालनमा रहेको जानकारी दिए ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top