रंगेलीबाट एक लाख ५० हजारको अबैध सामान बरामद

२० असार ७५, बुधबार

विराटनगर,असार २०
इलाका प्रहरी कार्यलय रंगेलीले गैर कानुनी रुपमा भन्सार छलेर भारत बाट नेपाल तर्फ ल्याएका सामान बरामद गरेको छ । प्रहरीले करिब एक लाख ५० हजार बराबरका मालसमान बरामद गरि आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय रंगेलीको गस्ती टोलीले बिहानको समयमा साईकलमा राखि रंगेली तर्फ ल्याउदै गरेको अवस्थामा मोरङ्गको डाईनिया,रंगेलीबाट सो सामान वरामद गरेको हो ।

बरामद गरिएको सामान प्रहरीले विराटनगर भन्सार कार्यालयमा बुझाउने ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक कविन्द्र कार्कीले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top