कक्षा १२ को परीक्षाअघि विद्यार्थीलाई खोप दिन सरकारलाई शिक्षा समितिको निर्देशन

१३ साउन, काठमाडौं ।
संसदीय समितिले कक्षा १२ का विद्यार्थीलाई परीक्षाअघि खोप दिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सो निर्देशन दिएको हो ।

समितिले कोरोना संक्रमणका कारण परीक्षामा सहभागी हुन नसक्ने विद्यार्थीलाई दोस्रो चरणमा परीक्षा दिन पाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । परीक्षाअघि नै परीक्षणको व्यवस्था गर्न र संक्रमण देखिएर सहभागी हुन नसक्ने अवस्था भएमा दोस्रो चरणमा परीक्षा दिने व्यवस्था गर्न समितिले निर्देशन दिएको समितिकी सभापति जयपुरी घर्तीले बताइन् ।

उनले भनिन्,‘४ लाख विद्यार्थी छन् । उनीहरुलाई परीक्षा दिनुअघि खोप दिन सकिन्छ भने पहल गर्न सरकारलाई समितिको सुझाव छ । साउन ३१ गतेबाट परीक्षा हुने भएकाले अझै समय छ ।’

Advertisement

कक्षा १२ को परीक्षालगायतका विभिन्न विषयमा संसदीय समितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीसँग छलफल गरेको थियो । कक्षा १२ को परीक्षा साउन ३१ गते शुरु हुँदैछ । कोरोना महामारीका कारण यसपटक होम सेन्टरमा नै परीक्षा लिइने व्यवस्था गरिएको छ ।

भर्खरको समाचार

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

सम्बन्धित समाचार

Scroll to Top