१३ साउन, झापा ।
झापाको दमक नगरपालिका–४ स्थित पुर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक झापा कन्काई–३ का ४३ बर्षीय पुर्ण बहादुर बिष्ट र पछाडी सवार निजकै श्रीमती ३६ बर्षीया भिमा बिष्ट रहेका छन् ।
मंगलबार राती सभा १० बजे पश्चिम तर्फ आउदै गरेको ना४ ख ८७३० नम्बरको ट्रकले विपरित दिशाबाट आईरहेको प्रदेश २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका उनीहरुको उपचारको लागी दमक लाईफ लाईन अस्पतालमा र्पुयाउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना गराई फरार भएको सो ट्रक र ट्रक चालक मोरङको विराटनगर– ४ बस्ने ४८ बर्षीय सुजन थापालाई अस्थाई प्रहरी पोष्ट ताराबारीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।