एसइईको नतिजा साउन २५ गतेभित्र प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

१२ साउन ७८, बुधबार

१३ साउन, भक्तपुर ।
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई)को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र प्रकाशित गर्ने भएको छ ।

परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले साउन २५ गते भित्रमा २०७७ को एसइई नतिजा प्रकाशित गर्ने गरी अहिले तीव्र रूपमा काम भइरहेको बताए ।

कुनै प्राविधिक कठिनाइ नआए आगामी शुक्रवारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साता भित्रमा नतिजा प्रकाशन गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Advertisement

सबै जिल्लाबाट विद्यार्थीहरूको मूल्याङ्कन नतिजा आएर इन्ट्री गरिसकिएको र नम्बर रुजु गर्ने काम भइरहेको परीक्षा नियन्त्रक अधिकारीले बताए ।

यसअघि साउन मसान्तमा परीक्षा प्रकाशन गर्ने भनिए पनि त्यो भन्दा छिटो गर्ने तयारी भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार २०७७ सालको एसइई परीक्षाको लागि ५ लाख १७ हजार विद्यार्थीले रजिष्ट्रेशन फारम भरेका छन् ।

गत जेठ १३ गतेदेखि भौतिक रूपमा एसइई परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो । तर दोस्रो लहरको कोभिड–१९ संक्रमण बढ्दै गएपछि गरिएको निषेधाज्ञाका कारण गत वैशाख २७ गते एसइई परीक्षा स्थगित भएको थियो ।

कोरोना जोखिम कम नभएपछि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो ।

बोर्डले एसइईको विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८ जारी गर्दै सैद्धान्तिकतर्फ कुनै पनि विषयमा ८० प्रतिशत वा सोभन्दा बढी प्राप्ताङ्क प्राप्त गर्ने विद्यार्थीको विषगत शिक्षकले के कारण उक्त नम्बर दिइएको हो भनेर कारण खुलाउनु पर्ने जनाएको छ ।

कोभिडकै कारणले २०७६ सालको एसइई परीक्षाको नतिजा पनि आन्तरिक मूल्याङ्कनबाट प्रकाशित गरिएको थियो ।

भर्खरको समाचार

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

सम्बन्धित समाचार

Scroll to Top