×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

विपद्मा परेकाको उद्धार तथा क्षतिपूर्तिमा ध्यान दिन सरकारको ध्यानाकर्षण

२० असार २०७५

काठमाडौँ, असार २०

प्रतिनिधिसभाको आजको बैठकमा भारी वर्षाका कारण देशका विभिन्न भागमा ठूलो संख्यामा जनधनको क्षति भएकाले सरकारले सक्रियरुपमा राहत र उद्धारको व्यवस्था गर्न माग गरिएको छ । बैठकको विशेष समयमा बोल्ने सांसदहरुले स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि भन्दै डा गोविन्द केसीले शुरु गर्नुभएको अनशन, वर्षात्का कारण भएको जनधनको क्षति तथा पूर्वाधार विकासलगायतका विषयमा सरकारको धानाकर्षण गराएका हुन्।

Advertisement
Advertisement

सांसद हृदेयश त्रिपाठीले चुरे क्षेत्रको दोहनका कारण वातावरणीय समस्या उत्पादन भई तराईका क्षेत्र प्रभावित भएको भन्दै तत्काल उद्धारमा जुट्न सरकारसँग आग्रह गरे । त्यसैगरी प्रेम आले, रेशा शर्मा, महेन्द्र यादव, प्रदीप यादव र सुरेशकुमार राईले वर्षात्का कारण आम जनजीवनमा परेको नकारात्मक असरका विषयमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद अमरेशकुमार सिंहले सभामुख र उपसभासमुख एउटै पार्टीको हुन नहुने भन्दै संसदीय मान्यताअनुसार फरकफरक दलबाट प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए । सांसद विरोध खतिवडाले काठमाडौँ–हेटाँैडाको सुरुङमार्गको महत्वपूर्ण परियोजना भएकाले यथाशक्य चाँडो काम शुरु गर्न माग गरे। त्यसैगरी सांसद मीना सुब्बा र पार्वत गुरुङले शिक्षा र स्वास्थ्यलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिँदै डा गोविन्द केसीले अठाएका मुद्दालाई सम्बोधन गर्नुपर्ने बताए । सांसद तेजुलाल चौधरी, गोविन्द कोशी, सुधन राई, विना श्रेष्ठ, मोतीलाल दुगड र शेषचाँद ताराले वर्षात्का कारण डुबानबाट प्रभावित जनतालाई राहत तथा उद्धार गर्नुपर्नेमा जोड दिए ।

सांसद देवप्रसाद तिमिल्सिना गोविन्द केसीको अनशन र निशेधित क्षेत्रका विषयमा सरकारको ध्यान जानुपर्नेमा जोड दिए । त्यस्तै लालबहादुर थापा र दीलकुमारीले मनसुनका कारणले पु¥याएको क्षतिका बारेमा उचित ध्यान नदिएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद खेमप्रसाद लोहनी १२ मेगावाट बूढीगण्डकी जलविद्युत् आयोजनाले जनजीवनमा परेको असरका विषयमा सरकारको ध्यानाकर्षण गराए भने सांसद गोमा देवकोटाले सिन्धुलीगढी जस्तो ऐतिहासिक क्षेत्रको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराए ।

त्यसैगरी सांसद दुर्गा पौडेल, प्रेम सुवाल, मैनाकुमारी भण्डारी, हरिराज अधिकारी र केदारप्रसाद सिग्देलले आआफ्ना क्षेत्रमा देखिएको अत्यन्त जरुरी विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सडक विस्तार, वर्षात्का भएको क्षतिका विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
चौध सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

प्रतिनिधिसभाको आजको बैठकले १४ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ । समितिका सदस्यहरुमा संघीय समाजवादी फोरमका उमाशंकर अरगरिया र नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का खगराज अधिकारी, जयपुरी घर्ती, देवप्रसाद गुरुङ, पवित्रा निरौला खरेल, भानुभक्त ढकाल, रामेश्वर राय यादव, रेखा शर्मा र शान्ता चौधरी रहका छन्।

त्यस्तै, नेपाली काँग्रेसका तर्फबाट दिलेन्द्रप्रसाद बडू, पार्वता डिसी चौधरी, पुष्पा भुसाल गौतम र बालकृष्ण खाँड रहनुभएको छ भने राजपा नेपालबाट राजकिशोर यादव छन् । आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘लेखापरीक्षण विधेयक, २०७५’ प्रस्तुत गरे । प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते दिनको १ बजे बस्ने छ ।
रासस

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top