आर्मी ललित स्मृति (यु–१८) राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा

आर्मी ललित स्मृति (यु–१८) राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा

काठमाडौँ, असार २०

ललित स्मृति १८ वर्षमुनि (यु–१८) को राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको सेमिफाइनल खेलमा आर्मीले मोरङ फुटबल क्लबलाई २–१ गोलअन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको हो । आर्मीको जीतमा पूर्णबहादुर श्रेष्ठ र सेसेहाङ आङदेम्बेले एक÷एक गोल गरे ।

खेलको पहिलो हाफको १०औँ मिनेटमा आर्मीका श्रेष्ठले एक गोल गर्दै पहिलो अग्रता लिए । खेलको पहिलो हाफसम्म १–० को अग्रता लिएको आर्मीले दोस्रो हाफमा एक खायो ।

मोरङका मनिष थापाले खेलको ५५औँ मिनेटमा एक गोल फर्काएपछि खेल एक–एक गोलको बराबरीमा रह्यो तर खेलको दोस्रो हाफको इन्जुरी समयमा आर्मीको आङदेम्बेले थप एक गोल गरेपछि आर्मीको जीत पक्का भयो ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.