१५ साउन, काठमाडौं ।
स्वास्थ्य मन्त्रालयले कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै स्मार्ट लकडाउन गर्न सिफारिस गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बेलुका सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले जानकारी दिए । उनले स्मार्ट लकडाउनबारे अर्को बैठकमा टुंगोमा पुग्ने जानकारी दिए ।
उनका अनुसार संक्रमण दर, संक्रमण संख्या, अस्पतालमा पूर्वाधारको अवस्थाजस्ता सूचक हेरेर मुलुकलाई रेड, एम्बर, यल्लो र ग्रीन जोनमा विभाजित गर्ने तयारी भएको छ । सोहीअनुसार जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले सो ठाउँमा स्मार्ट लकडाउन गर्न सक्ने भएका छन् ।