विराटनगरमा नयाँ पाठ्यक्रम लागू

२२ साउन ७८, शनिबार

२३ साउन, विराटनगर ।

नगरक्षेत्रका विद्यार्थीलाई स्थानीय भूगोल, भाषा, पर्व र संस्कृतिलगायत विषयमा विज्ञ बनाउन आधारभूत तहका लागि नयाँ पाठ्यक्रम विकास गरिएको छ । कक्षा एकदेखि पाँचसम्म लागू हुने स्थानीय पाठ्यक्रमको शुक्रबार एक कार्यक्रमबीच विमोचन गरिएको हो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले पाठ्यक्रमको विमोचन गरे ।

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ मा भएको प्रावधानअनुसार स्थानीयतहले विद्यालयतहको पाठ्यक्रममा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्न पाउने व्यवस्थाअनुसार विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले ‘हाम्रो विराटनगर’ स्थानीय पाठ्यक्रम कक्षा एकदेखि पाँचसम्म निर्माण गरेको हो ।

Advertisement

यो पाठ्यक्रम विराटनगर क्षेत्रका सबै नीजि तथा सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०७८ देखि अनिवार्य लागू गरिएको छ । यही पाठ्यक्रममा आधारित रहेर नेपाली र स्थानीय भाषामा स्थानीय विषयको पाठ्यपुस्तक प्रकाशित हुने छ ।

प्राध्यापक डा अनिल पोखरेलको संयोजनमा स्थानीय पाठ्यक्रम निर्माण समितिले पाठ्यक्रम निर्माण गरेको हो । विमोचन कार्यक्रममा नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले पाठ्यक्रमले कक्षा एकदेखि पाँचसम्मका विद्यार्थीलाई स्थानीय तहका भूगोल, इतिहास, परम्परा र संस्कृतिको बारेमा जानकार बनाउने बताए ।रासस

भर्खरको समाचार

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

सम्बन्धित समाचार

Scroll to Top