जब १० हजार १९ को मृत्यु मात्र तथ्यांक बन्छ…

जब १० हजार १९ को मृत्यु मात्र तथ्यांक बन्छ…

गत वर्षको जेठ ३ मा कोरोना भाइरसका कारण नेपालमा पहिलो मृत्यु भयो। काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्केकी सिन्धुपाल्चोककी २९ वर्षीया एक महिलाको उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो। त्यति बेला उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछिका १५ महिनामा नेपालमा कोरोना भाइरस संक्रमणबाट १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएअनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ। चिकित्सक र जनस्वास्थ्य विज्ञ समयमै यथेष्ट तयारी हुन सकेको भए मृत्यु संख्या कम गर्न सकिने ठान्छन्। कतिपय विज्ञ मृतकको तथ्यांक देखाइएभन्दा अझ बढी रहेको दाबी गर्छन्।

नेपालमा पहिलो पटक २०७६ माघ १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। त्यसको झन्डै डेढ वर्षमा अर्थात् शुक्रबारसम्म ७ लाख १० हजार ५०९ जना संक्रमित भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ९४२ छ। संक्रमणदर अझै पनि २५ प्रतिशतको हाराहारीमा रहनु महामारी नियन्त्रणका हिसाबले सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ । महामारीको फैलावटको हिसाबले यो उच्च दर हो। दोस्रो लहरले सबैभन्दा बढी आक्रान्त रहेको छिमेकी भारतमा समेत संक्रमण दर ३ प्रतिशतभन्दा कम छ ।, यो समाचार आजको नागरिक दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.