जयसिंह बेपत्ता भएको १० दिनपछि खोजीका लागि महाकालीमा ड्राेन उडाउँदै सरकार

जयसिंह बेपत्ता भएको १० दिनपछि खोजीका लागि महाकालीमा ड्राेन उडाउँदै सरकार

काठमाडौं : भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुकालेर महाकालीमा बेपत्ता भएका व्यास गाउँपालिका २ मालगाउँका जयसिंह धामीको ड्रोन क्यामेराबाट महाकाली नदीमा खोजी गरिने भएको छ ।

सीमा नदीमाथि ड्रोन उडाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ जिल्लाका डिएम कार्यालयलाई पत्राचार गरेको छ ।

गत १५ साउनमा जिल्ला सदरमुकाम खंलगा आउन तुइन तर्दै गर्दा एसएसबीले डोरी फुकालिदिएपछि जयसिंह महाकालीमा बेपत्ता भएका थिए ।

घटनाको अनुसन्धान गर्न सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा टोली बनाएको थियो । १९ साउनदेखि सरकारी टोली दार्चुलामै छ ।

सरकारले जयसिंहको खोजी गर्न टोलीलाई निर्देशन दिएपछि ड्रोन क्यामेराको प्रयोग गरिन लागेको हो । काठमाडौंबाट ड्रोन क्यामेरासहितको टोली आइतबार साँझ दार्चुला आइपुगेको अनुसन्धान समितिका संयोजक गौतमले बताए ।

गौतमका अनुसार तुइन लगाइएको व्यास गाउापालिका २ मालघाटदेखि सदरमुकाख खलंगासम्मको नदी र किनार क्षेत्रमा ड्रोन क्यामेराबाट खोजी गरिनेछ । यहाँसम्मको दूरी २५ किलोमिटर छ ।, याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.