आप्रवासी बालबालिकाको डिएनए परीक्षण गरिने

२१ असार ७५, शुक्रबार

वासिङटन, असार २२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिका र मेक्सिकोको सीमा इलाकाबाट छुट्टिएका आप्रवासीका बालबालिका र आमाबाबुको डिएनए परीक्षण गर्ने भएको छ । स्वास्थ्य र मानव सेवा एजेन्सी (एचएचएस)ले बिहीबार सो जानकारी दिएको छ । जन्मदर्ता र अन्य विभिन्न प्रमाणको तुलनामा डिएनए परीक्षण बढी भरपर्दाे हुने सो विभागले बताएको छ ।

पाँच वर्षभन्दा कम उमेरका बालबालिका र उनीहरुका आमाबाबुले यही जुलाई १० बाट डिएनए परीक्षण गराउन सक्ने बताइएको छ । त्यसैगरी जुलाई २६ बाट अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा छुट्टिएका सबै बालबालिका र उनका आमाबाबुको डिएनएन परीक्षण गर्नसक्ने जानकारी गत महिना सान डियागोमा आयोजित एक कार्यक्रममा अमेरिकी न्यायाधीश डिना सबरौँले बताएका थिए।

Advertisement

डिएनए परीक्षण नगरी बालबालिकालाई उनीहरुका आमाबुबा भनेर सुम्पिन नसकिने एचएचएसका अधिकारीले जानकारी दिएका छन् । कागजी प्रमाण पेस गरेर आमाबाबु हौँ भनेर गरिने दाबीकै आधारमा बालबालिका जो कोहीलाई सुम्पिन नसकिने उनीहरुको दाबी रहेको छ ।

एचएचएसका अध्यक्ष एलेक्स आजारले डिएनए परीक्षण गर्नुपर्ने बालबालिका र उनका परिवारको यकिन सङ्ख्या भने दिएका छैनन्। तर पनि यो सङ्ख्या तीन हजारभन्दा कम नै भएको उनले बताएका छन्।
रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top