लागूऔषधसहित ३ पक्राउ

२२ असार ७५, शनिबार

मोरङ, असार २३

मोरङको विराटनगर र झापाको काँकडभिट्टाबाट प्रहरीले बिहीबार साँझ लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।मोरङ विराटनगर महानगरपालिका १३ स्थित रोडशेषबाट  लागूऔषधसहित सुनसरी धरान १५ बस्ने ३२ बर्षिय सनम तामाङ सोही ठाउँका ३२ बर्षिय अमित राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विराटनगरमा ड्युटीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागूऔषध एभिल ३० एम्पुल, डाईजेल्याव ३० एम्पुल र नेरोजेसिक ३० एम्पुल फेला पारेको थियो ।पक्राउ परेका दुबैजनलाई वडा प्रहरी कार्यालय विराटनगरमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement

त्यसैगरी झापाको मेचीनगर नगरपालिका ६ भन्सार कार्यालयको गेटबाट बिहिबार लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिईएको छ ।लागूऔषध डाईजेपाम ५ एम्पुल, लुपिजेसिक ५ एम्पुल र फेनारगन ५ एम्पुलसहित झापा कमल गाउँपालिका ५ बस्ने २० बर्षिय रोशन फुयाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धानकालागी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top