झापा, असार २३
झापाको कचनकवल गाउँपालिका ३ मा बिहीबार राती सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ ।सर्पको डसाईबाट झापाको कचनकवल गाउँपालिका ३ बस्ने हेम बहादुर भट्टराईको १५ बर्षिया छोरी स्वस्तिमा भट्टराईको मृत्यु भएको हो ।
राती घरमा सुतिरहेको अबस्थामा सर्पले डसे पछी तत्काल उपचारकालागी अस्पताल लैजाने क्रममा बालिकाको २२ गते राती करिव १ बजे बाटोमै मृत्यु भएको प्रहरी चौकी पथरियाले जनाएको छ ।