विश्वकपमा आज दुई खेल, इङ्ल्यान्ड/ स्विडेन र क्रोएसिया/ रुस भिड्ने

विश्वकपमा आज दुई खेल, इङ्ल्यान्ड/ स्विडेन र क्रोएसिया/ रुस भिड्ने

विराटनगर,असार २३
रुसमा जारी विश्वकप फुटबलमा आज दुई वटा क्वाटरफाईनल खेल हुँदैछन् । सामरा एरिनामा वेलुकी पौने ८ वजे इङ्ल्यान्ड र स्विडेन भिड्नेछन् ।

राउण्ड अफ सिक्सटिनमा कोलम्बियालाई हराउँदै इङ्ल्यान्ड तथा स्विट्जरल्याण्डलाई हराउँदै स्विडेन क्वाटरफाईनलमा पुगेका हुन् । इङ्ल्यान्ड र स्विडेनबीचको यसअघिको रेकर्ड हेर्दा इङ्ल्यान्डलाई साँघुरो अग्रता छ । दुई टोली २४ पटक आमने सामने हुँदा इङ्ल्यान्ड ८ पटक विजयी भएको छ भने स्विडेन ७ पटक विजयी भएको छ ।

९ खेल बराबरीमा टुंगिएका छन् । यस्तै आजै राति पौने १२ बजे सोचीस्थित ओलम्पिक स्टेडियममा क्रोएसिया र रुस भिड्नेछन् । आयोजक रुस विश्वकपको क्वाटरफाइनलमा पुगेको यो पहिलो अवसर हो । क्रोएसिया भने दोस्रो पटक क्वाटरफाइनलमा पुगेको हो ।

राउण्ड अफ सिक्सटिनमा स्पेनलाई पाखा लगाँउदै रुस तथा डेनमार्कलाई हराउँदै क्रोएसियाले क्वाटरफाईनल भिडन्त तय गरेका हुन् । रुस र क्रोएसियाबीच यसअघि ३ खेल भएका छन् । जसमा क्रोएसिया एक पटक विजयी भएको छ भने २ खेल बराबरीमा टुंगिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.