२ साउन, काठमाडौँ ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । बुधबार नेपाल पक्षले निर्वाचन आयोग पुगेर नेकपा एमाले समाजवादी दल दर्ताका लागि निवेदन दिएको हो। पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ ।
नेता जगन्नाथ खतिवडाले भने, ‘पार्टीको नाम एमाले (समाजवादी) र चुनाव चिह्न पुस्तक राखेर आयोगमा निवेदन दिएका छौं । निर्वाचन आयोगले चिह्न र नाम दिएपछि उसले माग्यो भने केन्द्रीय सदस्यको हस्ताक्षर र उपस्थित हुने छौं।’