बागमतीमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्दै, डोरमणिले दलको नेताबाट राजीनामा दिए,

२ भदौ, काठमाडौं ।
नेकपा (एमाले)मा विभाजन हुनै लाग्दा बागमती प्रदेश सरकारमा नयाँ घटनाक्रम विकास भएको छ।

Advertisement

यसअघि माधव नेपाल पक्षमा रहेकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन मुख्यमन्त्री डोरमणि पौडेलले एमाले प्रदेश सभा संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । अष्टलक्ष्मीलाई दलको नेता चयन गरिएको छ।

हेटौंडामा जारी बैठकमा पौडेलले नेताबाट राजीनामा दिएको र शाक्यलाई दलको नेता चयन गरिएको एमाले प्रदेश सभा सदस्य रचना खड्काले जानकारी दिइन् ।

Advertisement

शाक्य यसअघि नेपाल पक्षमा थिइन्। तर, नेपालले नयाँ पार्टी गठन गर्ने तयारी गर्दा उनले आफू विभाजनमा नलाग्ने बताएकी थिइन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top