करेन्टबाट नगर विकास समितिका पूर्वाध्यक्षको मृत्यु

करेन्टबाट नगर विकास समितिका पूर्वाध्यक्षको मृत्यु

धादिङ, असार २४

धादिङबेँसी नगर विकास समितिका पूर्वाध्यक्ष केशवराज अधिकारीको आज करेन्ट लागेर मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका–३ पहरेचौतारा निवासी सामाजिक कार्यकर्ता ५५ वर्षीय अधिकारीको घर नजिकै खेतमा पानी लगाउने क्रममा मोटरमा जोडिएको तारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताए।

खेतमा पानी लगाउन गएका अधिकारीको पानी तान्ने मोटरमा जोडिएको तारबाट करेन्ट लागेपछि घटनास्थलमै मृत्यु भएको थियो । यसअघि बनाइएको नयाँ घरमा पानी लगाउन लाग्दा मोटरमा जोडिएको तारबाट करेन्ट लागेर चार दिनअघि नीलकण्ठ नगरपालिका–ं ३ धादिङबेँसीका अर्जुन श्रेष्ठको मृत्यु भएको थियो ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.