डेढ अर्बकाे लागतमा राजकीय अतिथि गृह बन्ने

३ भदौ ७८, शुक्रबार

काठमाडौँ: नेपाल भ्रमण गर्नुहुने विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायतका विशिष्ट अतिथिलाई बस्नका लागि सुविधासम्पन्न राजकीय अतिथि गृह (स्टेट गेस्ट हाउस) निर्माण प्रक्रिया अगाडि बढेको छ ।

ललितपुरको पुल्चोकस्थित अहिलेको मन्त्री निवास परिसरमा राजकीय अतिथि गृह बनाउने प्रक्रिया अगाडि बढेको हो । करिब डेढ अर्ब रुपियाँको लागतमा यो अतिथि गृह निर्माण गर्न लागिएको हो ।

सो अतिथि गृह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा विस्तृत ‘डिजाइन’ तथा ‘ड्रोइङ’को कामसमेत सम्पन्न भइसकेको जानकारी सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका निर्देशक दिलीपशेखर श्रेष्ठले दिनुभयो ।

Advertisement

श्रेष्ठले भन्नुभयो, “विभिन्न मुलुकका राष्ट्राध्यक्ष, सरकार प्रमुख र विशिष्ट व्यक्तिहरूद्वारा समयसमयमा हुने नेपाल भ्रमणको क्रममा उहाँहरूलाई कुनै होटलमा नराखी राज्यकै स्वामित्वमा रहेको अतिथि गृहमा बसोबासको व्यवस्था गर्ने गरी राजकीय अतिथि गृह निर्माण प्रक्रिया सुरु गरिएको हो ।”

उहाँले अगाडि भन्नुभयो, “विदेशबाट यहाँ आउने पाहुनालाई राख्ने अहिले राज्यको कुनै उच्च सुविधासम्पन्न अतिथि सदन छैन । मात्र होटलमा राख्नुपर्ने अवस्था छ । त्यसैले सुविधायुक्त अत्याधुनिक राजकीय अतिथि गृह निर्माण गर्न लागिएको हो । यो अतिथि गृह अहिलेसम्मकै सबभन्दा अत्याधुनिक हुने छ ।”

Advertisement

सो अतिथि गृह निर्माणका लागि मन्त्रिपरिषद्बाट समेत स्वीकृति प्राप्त भइसकेको उहाँले जानकारी दिनुभयो । सो अतिथि गृहको ‘डिजाइन’ तथा ‘ड्रोइङ’ को काम ओट्रे प्रालि भन्ने परामर्शदाता कम्पनीले गरेको हो ।पुल्चोकस्थित मन्त्री निवासको कुल क्षेत्रफल ७१.५ रोपनी छ । यसमध्ये करिब १४ रोपनी क्षेत्रफलमा भवनहरू निर्माण गरिने छ भने बाँकी ठाउँ खुला नै रहने निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top