×

NEPAL TIMES UPDATES

Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतकडी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026

सङ्ग्रहालयका रूपमा उठ्न थाल्यो साहित्यको मन्दिर

४ भाद्र २०७८

४ भदाै, काठमाडाैँ ।

साहित्यको मन्दिर मानिँदै आएको मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर (कविकुञ्ज) ढलेको दुई हप्ता नपुग्दै पुनःनिर्माणको काम थालिएको छ । महाकविले साहित्य साधना गर्नुभएको वास्तविक कुञ्ज त अब कहाँ पाइएला र तर केही सुधारिएको त्यही स्वरुपमा कविकुञ्ज भने अबको एक वर्षमा बन्नेछ । विहीबारबाट त्यसको पुनःनिर्माणको काम थालिएको छ । कविकुञ्ज पुनःनिर्माण तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय बनाउन शिलान्यास गरिँदा उहाँका छोरा, छोरी, नाति, नातिनासहित छिमेकी र साहित्यानुरागीको उपस्थिति थियो ।

Advertisement

पुरानो घर ढालिएकामा चित्त दुखाउने साहित्यकारले पनि पुनः निर्माणपछि सङ्ग्रहालय बन्दा केही मलम लाग्ने अनुभव सुनाएका छन् । उक्त कविकुञ्ज साहित्यको मन्दिरका रूपमा चिनिन्थ्यो भने साहित्यकारको तीर्थस्थल पनि हो । उनका परिवारसमेत सङ्ग्रहालय बन्ने भएपछि खुशी देखिएको छ । देवकोटाको उक्त घर अब इतिहास बने पनि त्यही स्वरूपमा भवन निर्माण गरिँदैछ । उक्त घरमा देवकोटाले डेढ दशक साहित्य साधना गरेका थिए । यहाँ महाकविका इतिहास बताउने गरी सङ्ग्रहालय बन्ने नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती सुनाउँछन् । नेपाली वाङ्‍मय क्षेत्रको सपना साकार हुने गरी र महाकविका इतिहास झल्कने गरी नै भवन निर्माण गरिने पनि उनले प्रष्ट्याए ।

देवकोटा सङ्ग्रहालय प्रतिष्ठानको नभई जनसरोकारको योजना भएकाले स्थानीय टोलसँगको समन्वयमा निर्माण गर्न लागिएको छ । उप्रेती भन्छन्, “देवकोटाको इतिहास नमरोस्, सबै इतिहास देख्न पाइयोस्, पस्ने बित्तिकै देवकोटाको उपस्थिति महसुस होस् भन्नेमा गम्भीर छौँ ।” देवकोटाकी माइली छोरी अम्बिकादेवी रिमालले डिल्लीबजारस्थित उनी जन्मेको घरको पनि संरक्षण गर्न प्रतिष्ठान मार्फत सरकारसँग माग गरिन् । जवाफमा उप्रेतीले त्यसको पनि संरक्षण हुने विश्वास दिलाए । महाकवि देवकोटा नेपाली साहित्यको कविता, आख्यान, नाटक र निबन्ध विधाका अमर कवि हुन् । कविता र निबन्धमा उच्च स्थान प्राप्त गर्नुभएका देवकोटाका मुनामदन, सुलोचना, शाकुन्तलजस्ता अद्वितीय कृति छन् । मुनामदन अझै प्रख्यात छ ।

स्वच्छन्दतावादी कवि देवकोटाले ‘कुञ्जिनी’ त एकै रातमा लेखेका थिए । विसं १९६६ कात्तिक २७ गते लक्ष्मी पूजाका दिन जन्मिएका देवकोटाको वि.सं २०१६ भदौ २९ मा देहावसान भएको थियो । देवकोटाको घर संरक्षणको अभावमा जीर्ण जस्तै थियो । भूकम्पले चर्काएको थियो । इतिहास र उनले प्रयोग गरेका सामग्री नामेट हुने चिन्ता भइरहेका बेला नेपाली साहित्यमा महत्वपूर्ण योगदान गरेका देवकोटाको इतिहास संरक्षण गर्ने गरी सङ्ग्रहालय बनाउन लागिएको हो ।

देवकोटाकी छोरी अम्बिकादेवीले नै संरक्षण गरिदिन नेपाल सरकारमा निवेदन दिएपछि सरकारले सङ्ग्रहालय बनाउने निर्णय भएको थियो । विडम्बना उनले प्रयोग गरेका कति सामग्री छैनन्, कसले कता लगे थाहा छैन । जे बचेको छ, त्यो प्रतिष्ठानले सङ्ग्रह गरेर राखेको छ ।

विहीबार सङ्ग्रहालय शिलान्यासका क्रममा अम्बिकादेवीले भनिन्, “धेरै वर्ष बित्यो, उहाँको सामान जतन गर्न सकेनौँ, हामीबाट त्रुटि भयो, जसजसले लैजानुभएको छ, उहाँहरुले ल्याएर दिनुहुन्छ भन्ने लागेको छ ।” उनले सामान राख्नेहरुलाई ल्याएर दिनपनि अनुरोध पनि गरिन् । मुख्यतः उनका धेरै त किताब नै हो । कपडा र उनले प्रयोग गरेको हुक्का थियो । “हुक्का सुष्मा शर्माले मसँग छ भन्नुभएको थियो, उहाँ कहाँ हुनुहुन्छ थाहा छैन” अम्बिकादेवीले सुनाइन् ।​

अम्बिकासँग महाकवि देवकोटाले बजाउने गरेको हार्मोनियम छ । “बुबाले दिनुभएको थियो, त्यो चाहिँ सङ्ग्रहालयमा हस्तान्तरण गर्ने सोच बनाएकी छु”,उनले भनिन् । देवकोटाले प्रयोग गर्नुभएको कलमसमेत नदेखेको उनले बताइन् । “बनावटी कलम यही हो भनेर राखे मात्रै, त्यो बेलाको कलम कहाँ पाउनु १”, उनले भनिन् ।

महाकवि देवकोटाले प्रायः एउटा थोत्रो साइकल प्रयोग गर्थे । परिवारका सदस्यलाई साइकल पनि कहाँ गयो थाहा छैन । “त्यो साइकल अब कहाँ पाउनु, त्यो कसले लगिहाल्यो”,उनले दुःख पोखिन् । पुरानो घरमा बितेका हरेक क्षणले उनलाई पलपल झक्झकाइरहन्छ । अनुहार मुजा परिसक्यो, कपाल सेतै भइसक्यो तर उनलाई बुबाको काखमा लुटुपुटु गरेको क्षण अझै ताजै लाग्छ । उनकी बहिनी (देवकोटाकी कान्छी छोरी मीरा) अविवाहित बस्नुभएकाले उक्त घर मीरालाई नै दिएका थिए । उनको पेटको क्यान्सरका कारण निधन भइसकेपछि घर स्याहार्ने जिम्मा पनि अम्बिकादेवीलाई नै आइपुग्यो ।

पुरानो घर भत्काइएकाले त्यो सम्झना मात्रै रहे पनि सङ्ग्रहालय बन्ने भएपछि उनी पनि खुशी छन् । सङ्ग्रहालय बन्दा बुबा पनि खुशी हुनुहुन्छ होला भनेर उनी कल्पना गर्छिन् । हर्षित हुँदै अम्बिकाले भनिन्, “घरको चार किल्लामा तामाको घडामा जल राखेर हरे राम हरे कृष्ण, राधेकृष्ण भनेर लेख्दा सबैको कल्याण हुन्छ त्यही गरेर बस्छु ।”

पुरानै शैलीमा धुरीसहितको घर बन्दै

देवकोटाको विसं २०४० अघिको घर परम्परागत शैलीको धुरीसहितको छ, चुच्चे गाह्रोमा दुईवटा झ्याल थियो । मौलिक खालको बार्दली र झ्याल थियो । त्यो बार्दली भत्किएको विसं २०४० मा खिचिएको तस्वीरमा देखिन्छ । त्यसपछि पुनः घरको मर्मत सम्भार गरी धुरी भत्काएर जस्ताको छाना लगाएर केही आधुनिक ढाँचामा तयार पारिएको थियो । त्यही घर अहिले भत्काएर पुरानो धुरी भएको घर बनाउन थालिएको हो । यद्यपि पुरानो संरचनामा भने केही हेरफेर गरिनेछ । चुच्चे गाह्रोमा एउटा मात्रै झ्याल राखिनेछ भने अन्य संरचनामा स्वरूप उही तर आधुनिक तरिकाको रहनेछ ।

देवकोटाले चुच्चे गाह्रोसहितको धुरी भएको घर एक जनापुरोहितबाट विसं १९९० को आसपासमा खरिद गरेको स्थानीयवासीहरु सुनाउँछन् । त्यसअघि उनको जन्म भने डिल्लीबजारको धोबीधारामा भएको थियो । त्यो जन्म घर पनि अहिले यथावत नै छ । परिवारका सदस्यले यहाँ सङ्ग्रहालय बनेपछि त्यो जन्म घरलाई पनि संरक्षण गर्न सरकारसँग अनुरोध गरेका छन् ।

कान्छी छोरी मीराको हकभोगमा रहेको उक्त घरजग्गा गुठीको स्वामित्वमा थियो । देवकोटाका परिवारले मोहियानी हक प्रयोग गर्दै आएका थिए । उक्त घरलाई सरकारले रु दुई करोड ५० लाखमा किनेर सङ्ग्रहालय बनाउन लागेको हो । मोहियानी हक भने नेपाल प्रज्ञा प्रतिष्ठानलाई हस्तान्तरण भएपछि अहिले प्रतिष्ठानले कविकुञ्जको पुनःनिर्माणसँगै देवकोटा सङ्ग्रहालय बनाउन शुरु गरेको हो । यसको लागत रु सात करोड ११ लाखको छ ।

भानु जयन्तीमा सङ्ग्रहालय

आज शिलान्यास भएको उक्त भवन आगामी चैतसम्ममा निर्माण सम्पन्न गरिसक्ने र असार २९ गते भानु जयन्तीका दिन सङ्ग्रहालयका रूपमा तयार पारिसक्ने गरी काम अघि बढेको प्रतिष्ठानका कुलपति उप्रेती बताउँछन् ।

Advertisement

चालु आवमा नै निर्माण सम्पन्न गर्ने गरी काठमाडौँ महानगरपालिका–३० मैतिदेवीमा शुभसाइत पारेर दिउँसो १२ः २५ बजे भवन शिलान्यास गरिएको छ । यहाँ १२ आनामा भवन बन्नेछ । नयाँ घर देवकोटाको पुरानो घरकै झल्को दिने गरी बनाइने छ । घरको बाहिर सालिक राखिने छ । पुस्तकालय, सेमिनार हल, पढ्ने लेख्ने गरेको स्थान र अन्य प्रयोग गरिएको सामान पनि जस्ताको तस्तै सङ्ग्रह गरेर राखिने छ ।रासस

भर्खरको समाचार

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

सम्बन्धित खबरहरु

Scroll to Top