NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

सङ्ग्रहालयका रूपमा उठ्न थाल्यो साहित्यको मन्दिर

शुक्रबार भदौ ४ , २०७८
Reading Time: 1 min read
A A
Advertisement
सङ्ग्रहालयका रूपमा उठ्न थाल्यो साहित्यको मन्दिर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ भदाै, काठमाडाैँ ।

साहित्यको मन्दिर मानिँदै आएको मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर (कविकुञ्ज) ढलेको दुई हप्ता नपुग्दै पुनःनिर्माणको काम थालिएको छ । महाकविले साहित्य साधना गर्नुभएको वास्तविक कुञ्ज त अब कहाँ पाइएला र तर केही सुधारिएको त्यही स्वरुपमा कविकुञ्ज भने अबको एक वर्षमा बन्नेछ । विहीबारबाट त्यसको पुनःनिर्माणको काम थालिएको छ । कविकुञ्ज पुनःनिर्माण तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय बनाउन शिलान्यास गरिँदा उहाँका छोरा, छोरी, नाति, नातिनासहित छिमेकी र साहित्यानुरागीको उपस्थिति थियो ।

पुरानो घर ढालिएकामा चित्त दुखाउने साहित्यकारले पनि पुनः निर्माणपछि सङ्ग्रहालय बन्दा केही मलम लाग्ने अनुभव सुनाएका छन् । उक्त कविकुञ्ज साहित्यको मन्दिरका रूपमा चिनिन्थ्यो भने साहित्यकारको तीर्थस्थल पनि हो । उनका परिवारसमेत सङ्ग्रहालय बन्ने भएपछि खुशी देखिएको छ । देवकोटाको उक्त घर अब इतिहास बने पनि त्यही स्वरूपमा भवन निर्माण गरिँदैछ । उक्त घरमा देवकोटाले डेढ दशक साहित्य साधना गरेका थिए । यहाँ महाकविका इतिहास बताउने गरी सङ्ग्रहालय बन्ने नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती सुनाउँछन् । नेपाली वाङ्‍मय क्षेत्रको सपना साकार हुने गरी र महाकविका इतिहास झल्कने गरी नै भवन निर्माण गरिने पनि उनले प्रष्ट्याए ।

Advertisement

देवकोटा सङ्ग्रहालय प्रतिष्ठानको नभई जनसरोकारको योजना भएकाले स्थानीय टोलसँगको समन्वयमा निर्माण गर्न लागिएको छ । उप्रेती भन्छन्, “देवकोटाको इतिहास नमरोस्, सबै इतिहास देख्न पाइयोस्, पस्ने बित्तिकै देवकोटाको उपस्थिति महसुस होस् भन्नेमा गम्भीर छौँ ।” देवकोटाकी माइली छोरी अम्बिकादेवी रिमालले डिल्लीबजारस्थित उनी जन्मेको घरको पनि संरक्षण गर्न प्रतिष्ठान मार्फत सरकारसँग माग गरिन् । जवाफमा उप्रेतीले त्यसको पनि संरक्षण हुने विश्वास दिलाए । महाकवि देवकोटा नेपाली साहित्यको कविता, आख्यान, नाटक र निबन्ध विधाका अमर कवि हुन् । कविता र निबन्धमा उच्च स्थान प्राप्त गर्नुभएका देवकोटाका मुनामदन, सुलोचना, शाकुन्तलजस्ता अद्वितीय कृति छन् । मुनामदन अझै प्रख्यात छ ।

स्वच्छन्दतावादी कवि देवकोटाले ‘कुञ्जिनी’ त एकै रातमा लेखेका थिए । विसं १९६६ कात्तिक २७ गते लक्ष्मी पूजाका दिन जन्मिएका देवकोटाको वि.सं २०१६ भदौ २९ मा देहावसान भएको थियो । देवकोटाको घर संरक्षणको अभावमा जीर्ण जस्तै थियो । भूकम्पले चर्काएको थियो । इतिहास र उनले प्रयोग गरेका सामग्री नामेट हुने चिन्ता भइरहेका बेला नेपाली साहित्यमा महत्वपूर्ण योगदान गरेका देवकोटाको इतिहास संरक्षण गर्ने गरी सङ्ग्रहालय बनाउन लागिएको हो ।

देवकोटाकी छोरी अम्बिकादेवीले नै संरक्षण गरिदिन नेपाल सरकारमा निवेदन दिएपछि सरकारले सङ्ग्रहालय बनाउने निर्णय भएको थियो । विडम्बना उनले प्रयोग गरेका कति सामग्री छैनन्, कसले कता लगे थाहा छैन । जे बचेको छ, त्यो प्रतिष्ठानले सङ्ग्रह गरेर राखेको छ ।

विहीबार सङ्ग्रहालय शिलान्यासका क्रममा अम्बिकादेवीले भनिन्, “धेरै वर्ष बित्यो, उहाँको सामान जतन गर्न सकेनौँ, हामीबाट त्रुटि भयो, जसजसले लैजानुभएको छ, उहाँहरुले ल्याएर दिनुहुन्छ भन्ने लागेको छ ।” उनले सामान राख्नेहरुलाई ल्याएर दिनपनि अनुरोध पनि गरिन् । मुख्यतः उनका धेरै त किताब नै हो । कपडा र उनले प्रयोग गरेको हुक्का थियो । “हुक्का सुष्मा शर्माले मसँग छ भन्नुभएको थियो, उहाँ कहाँ हुनुहुन्छ थाहा छैन” अम्बिकादेवीले सुनाइन् ।​

अम्बिकासँग महाकवि देवकोटाले बजाउने गरेको हार्मोनियम छ । “बुबाले दिनुभएको थियो, त्यो चाहिँ सङ्ग्रहालयमा हस्तान्तरण गर्ने सोच बनाएकी छु”,उनले भनिन् । देवकोटाले प्रयोग गर्नुभएको कलमसमेत नदेखेको उनले बताइन् । “बनावटी कलम यही हो भनेर राखे मात्रै, त्यो बेलाको कलम कहाँ पाउनु १”, उनले भनिन् ।

महाकवि देवकोटाले प्रायः एउटा थोत्रो साइकल प्रयोग गर्थे । परिवारका सदस्यलाई साइकल पनि कहाँ गयो थाहा छैन । “त्यो साइकल अब कहाँ पाउनु, त्यो कसले लगिहाल्यो”,उनले दुःख पोखिन् । पुरानो घरमा बितेका हरेक क्षणले उनलाई पलपल झक्झकाइरहन्छ । अनुहार मुजा परिसक्यो, कपाल सेतै भइसक्यो तर उनलाई बुबाको काखमा लुटुपुटु गरेको क्षण अझै ताजै लाग्छ । उनकी बहिनी (देवकोटाकी कान्छी छोरी मीरा) अविवाहित बस्नुभएकाले उक्त घर मीरालाई नै दिएका थिए । उनको पेटको क्यान्सरका कारण निधन भइसकेपछि घर स्याहार्ने जिम्मा पनि अम्बिकादेवीलाई नै आइपुग्यो ।

पुरानो घर भत्काइएकाले त्यो सम्झना मात्रै रहे पनि सङ्ग्रहालय बन्ने भएपछि उनी पनि खुशी छन् । सङ्ग्रहालय बन्दा बुबा पनि खुशी हुनुहुन्छ होला भनेर उनी कल्पना गर्छिन् । हर्षित हुँदै अम्बिकाले भनिन्, “घरको चार किल्लामा तामाको घडामा जल राखेर हरे राम हरे कृष्ण, राधेकृष्ण भनेर लेख्दा सबैको कल्याण हुन्छ त्यही गरेर बस्छु ।”

पुरानै शैलीमा धुरीसहितको घर बन्दै

देवकोटाको विसं २०४० अघिको घर परम्परागत शैलीको धुरीसहितको छ, चुच्चे गाह्रोमा दुईवटा झ्याल थियो । मौलिक खालको बार्दली र झ्याल थियो । त्यो बार्दली भत्किएको विसं २०४० मा खिचिएको तस्वीरमा देखिन्छ । त्यसपछि पुनः घरको मर्मत सम्भार गरी धुरी भत्काएर जस्ताको छाना लगाएर केही आधुनिक ढाँचामा तयार पारिएको थियो । त्यही घर अहिले भत्काएर पुरानो धुरी भएको घर बनाउन थालिएको हो । यद्यपि पुरानो संरचनामा भने केही हेरफेर गरिनेछ । चुच्चे गाह्रोमा एउटा मात्रै झ्याल राखिनेछ भने अन्य संरचनामा स्वरूप उही तर आधुनिक तरिकाको रहनेछ ।

देवकोटाले चुच्चे गाह्रोसहितको धुरी भएको घर एक जनापुरोहितबाट विसं १९९० को आसपासमा खरिद गरेको स्थानीयवासीहरु सुनाउँछन् । त्यसअघि उनको जन्म भने डिल्लीबजारको धोबीधारामा भएको थियो । त्यो जन्म घर पनि अहिले यथावत नै छ । परिवारका सदस्यले यहाँ सङ्ग्रहालय बनेपछि त्यो जन्म घरलाई पनि संरक्षण गर्न सरकारसँग अनुरोध गरेका छन् ।

कान्छी छोरी मीराको हकभोगमा रहेको उक्त घरजग्गा गुठीको स्वामित्वमा थियो । देवकोटाका परिवारले मोहियानी हक प्रयोग गर्दै आएका थिए । उक्त घरलाई सरकारले रु दुई करोड ५० लाखमा किनेर सङ्ग्रहालय बनाउन लागेको हो । मोहियानी हक भने नेपाल प्रज्ञा प्रतिष्ठानलाई हस्तान्तरण भएपछि अहिले प्रतिष्ठानले कविकुञ्जको पुनःनिर्माणसँगै देवकोटा सङ्ग्रहालय बनाउन शुरु गरेको हो । यसको लागत रु सात करोड ११ लाखको छ ।

भानु जयन्तीमा सङ्ग्रहालय

आज शिलान्यास भएको उक्त भवन आगामी चैतसम्ममा निर्माण सम्पन्न गरिसक्ने र असार २९ गते भानु जयन्तीका दिन सङ्ग्रहालयका रूपमा तयार पारिसक्ने गरी काम अघि बढेको प्रतिष्ठानका कुलपति उप्रेती बताउँछन् ।

चालु आवमा नै निर्माण सम्पन्न गर्ने गरी काठमाडौँ महानगरपालिका–३० मैतिदेवीमा शुभसाइत पारेर दिउँसो १२ः २५ बजे भवन शिलान्यास गरिएको छ । यहाँ १२ आनामा भवन बन्नेछ । नयाँ घर देवकोटाको पुरानो घरकै झल्को दिने गरी बनाइने छ । घरको बाहिर सालिक राखिने छ । पुस्तकालय, सेमिनार हल, पढ्ने लेख्ने गरेको स्थान र अन्य प्रयोग गरिएको सामान पनि जस्ताको तस्तै सङ्ग्रह गरेर राखिने छ ।रासस

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.