प्रदेश प्रमुख शर्माले लिए पद तथा गोपनीयताको शपथ

प्रदेश प्रमुख शर्माले लिए पद तथा गोपनीयताको शपथ

४ भदाै, काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज अपराह्न राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा १६७ अनुसार उहाँले प्रदेश प्रमुख पदको शपथ लिएका हुन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायत उपस्थित थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.