अफगानिस्तानबाट नेपाली फर्कने क्रम जारी, शुक्रबार १६५ जनाको आगमन

४ भदौ ७८, शनिबार

५ भदाै, कठमाडाैँ ।

अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकको स्वदेश फर्कने क्रम जारी छ । शुक्रबार जजिरा एयरको कुवेत–काठमाडौँ नियमित उडानबाट थप १६५ नेपाली स्वदेश फर्केका छन् । हालसम्म ४६१ नेपाली काठमाडौँ आइपुगेका तथा थप नौ जना नियमित उडानबाट आज राति आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उद्धार भई स्वदेश आएकाहरुमा काबुलस्थित विभिन्न कूटनीतिक नियोगमा काम गर्नेहरूका अतिरिक्त अनौपचारिक क्षेत्रमा रोजगारी गरिरहेका केही छन् ।

काठमाडौँ आइपुगेकाहरुलाई अध्यागमनलगायत प्रक्रिया पूरा गरी कोभिड सङ्कट व्यवस्थापन केन्द्रको समन्वयमा सामाखुसीस्थित सरकारले व्यवस्थापन गरेको ‘होल्डिङ सेन्टर’मा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रियागत काम सम्पन्न गरी आवश्यक व्यवस्थापन भएको उक्त मन्त्रालयले बताएको छ ।

Advertisement

‘कन्सुलर’ सेवा विभागको ‘वेब पोर्टल’मा शुक्रबार साँझ ५ बजेसम्म ३१० नेपालीले आफ्नो विवरण दर्ता गराएका उक्त मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुख हरिश्चन्द्र घिमिरेले राससलाई जानकारी दिए ।

अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई सकुशल स्वदेश फिर्तीको व्यवस्था प्रभावकारी तुल्याउन सरकारले गठन गरेको उद्धार कार्यदलका संयोजक घिमिरेका अनुसार उद्धार कार्यको सहजताका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टलमा दर्ता भएका, नेपाल राजदूतावास, नयाँ दिल्लीबाट प्राप्त विवरण तथा ‘सिचुएशन सेन्टर’ मा नाम टिपाएका नेपालीलाई सम्पर्क गरी उनीहरू हाल रहेको स्थानअनुसार समूह सूची तयार गरेर काबुलबाट उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूलाई उपलब्ध गराई उनीहरूको उद्धारमा आवश्यक सहकार्य र समन्वय भइरहेको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top