अन्तर्राष्ट्रिय समूदायलाई तालिबानको अपिल- आफूहरुको शासनलाई स्वीकार गरियाेस्

५ भदाै, एजेन्सी ।

Advertisement

अफगानिस्तानमा सत्ता कब्जा गरेकाे तालिबानले अन्तरराष्ट्रिय समूदायलाई तालिबानी शासनलाई स्वीकार गर्न अपिल गरेको छ।

चीनको सरकारी सञ्चारमाध्यमको समूह सीजीटीएन टीभिलाई शुक्रबार अन्तर्वार्ता दिँदै तालिबानका प्रवक्ता सुहेल शहीनले अन्तरराष्ट्रिय समूदायले “अफगानी जनाताको इच्छाको सम्मान” गर्दै तालिबानी शासनलाई स्वीकार गर्नुपर्ने बताएका हुन्।

Advertisement

उनले तालिबानी शासनमा अफगान महिलाबारे व्यक्त गरिएका चिन्तालाई निराधार बताउँदै तालिबानी सरकार महिलालाई काम गर्ने र पढ्ने अधिकारको रक्षा गर्न प्रतिबद्ध रहेको बताए।

उनले मानिसहरु भ्रमित भएका कारण अफगानिस्तान छोडेर भागिरहेको बताए। कुनै मानिसमा बिमान चढेमा अमेरिका वा बेलायतमा बस्न दिइने छ, भन्ने भ्रम फैलाइएका कारण समस्या भएको उनको आरोप छ।

Advertisement

उनले अन्तरराष्ट्रिय मौद्रिक संस्थामा नयाँ सरकारका लागि ‘फण्ड रिलिज’ गर्न आग्रह गरेका छन्। शहीनले भने, ‘चीन एक विशाल अर्थव्यवस्था र क्षमता भएको देश हो। उसले अफगानिस्तानको पुनर्निमाणमा ठूलो भूमिका खेल्न सक्छ। पहिला पनि चीन र रूससँग हाम्रो सम्बन्ध थियो। अफगानिस्तानको अवस्थाललाई लिएर चिन्तित हुनुपर्ने जरुरी छैन।’

छिमेकी र क्षेत्रीय दलका विरुद्धमा आफ्नो जमिनको प्रयोग गर्न नदिने उनले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top