×

NEPAL TIMES UPDATES

Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026

आन्दोलनरत विद्यार्थी र क्याम्पस प्रशासनबीच १९ बुँदे सहमती, तालाबन्दी फिर्ता (सहमतीका बुँदा सहित)

२५ असार २०७५

विराटनगर,असार २५
क्याम्पसले लापर्बाही गरेको भन्दै विभिन्न शैक्षिक एजेन्डा लिएर आन्दोलनमा बसेका विद्यार्थी र महेन्द्र मोरङ क्याम्पस प्रशासनबीच १९ बुँदे सहमती भएसँगै विद्यार्थीहरुले तालाबन्दी फिर्ता लिएका छन् ।एम.पि.ए.मा गरिएको शुल्क बृद्धि खारेज गरी विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, क्याम्पसमा हाजिरमात्र गरी तलब खाने प्राध्यापकको दरबन्दी खारेज गर्नु पर्ने, बि.बि.ए. संकायको विभागीय प्रमुख नियुक्ति दलिय भागवण्डाको आधारमा नभई स्वच्छ प्रतिस्पर्धाको आधारमा हुनपर्ने लगायतका माग राख्दै आन्दोलनमा बसेका विद्यार्थी र क्याम्पस प्रशासनबीच आईतबार साँझ भएको छलफल पछि उक्त सहमती भएको हो ।

क्याम्पस प्रशासन र विद्यार्थीबीच सहमती भएपछि तालाबन्दी फिर्ता लिईएको नयाँ शक्ति बिद्यार्थी युनियन प्रदेश नम्बर १ का संयोजक कमल पोख्रेलले जानकारी दिए ।विद्यार्थी र प्रशासनबीच भएको सहमतीमा यसै शैक्षिक सत्रदेखि बिएस्सी सिएसआईटी संचालन गरिने, क्याम्पसले संचालन गरेका निजी कार्यक्रममा पनि आर्थिक बर्ष २०७५÷०७६ देखि लागुहुने गरी १५ प्रतिशत छात्रबृतीको ब्यवस्था गर्ने, एम.पी.ए र बि.पि.एमा परिक्षा शुल्क स्वरुप लिईँदै आएको अतिरिक्त शुल्क खारेज गरी लिएको शुल्क फिर्ता गरिने लगायतका बुँदाहरु उल्लेख गरिएको छ ।त्यस्तै, क्याम्पसका कर्मचारी र प्राध्यापकको लागि अनिवार्य बिद्युतीय हाजिरीको ब्यवस्था मिलाउने, कात्तिक मसान्त भित्रमा क्याम्पसको सम्पुर्ण आम्दानी र खर्चको विवरण स्वेतपत्र जारीगरी सार्वजनिक गर्ने पनि सहमतीमा जनाईएको छ ।

Advertisement
Advertisement

विभिन्न मागहरु राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले यही असार २१ गते महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसको प्रशासनमा तालाबन्दी गरेका थिए । विद्यार्र्थीहरुले लगाएको ताला क्याम्पस प्रशासनले बिना जानकारी फोडेपछि आक्रोशित भएका विद्यार्थीहरुले आईतबार दिउँसो क्याम्पस प्रमुख सहित ४ जनालाई कार्यकक्षमै थुनेका थिए ।

त्यस पछि अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नम्बर १ का सह–संयोजक भास्कर खनाल, जिल्ला अध्यक्ष गोकर्ण घिमिरे, नयाँ शक्ति बिद्यार्थी युनियन प्रदेश नम्बर १ का संयोजक कमल पोख्रेल, अखिल(क्रान्तिकारी) जिल्ला संयोजक ताजिम अन्सारी लगायतका बिद्यार्थी नेताहरु सहितको टोलीले क्याम्पस प्रशासनसँग झण्डै २ घण्टा वार्ता गरेपछि सहमती भएको हो ।

सहमती भएसँगै विद्यार्थीद्धारा थुनिएका क्याम्पस प्रमुख बाबुराम तिमल्सिना, सहायक क्याम्पस प्रमुखहरु ताराप्रसाद यादव, मोहन कुमार श्रेष्ठ, शुसिल अधिकारी र सामान्य प्रशासन प्रमुख गुदरप्रसाद यादवलाई आईतबार साँझ बिद्यार्थीहरुले ताला खोलिदिएका छन् ।

विद्यार्थी र क्याम्पस प्रशासनबीच भएको सहमती हेर्नुहोस् :

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top