साउनदेखि मजदुरको न्यनतम तलब १४ हजार २ सय

साउनदेखि मजदुरको न्यनतम तलब १४ हजार २ सय

विराटनगर,असार २५
साउन १ गतेबाट लागु हुने गरि सरकारले आन्तरिक मजदुरको तलव तोकेको छ । न्युनतम् पारिश्रमिक निर्धारण समितिले सरकारलाई मजदुरको तलव १४ हजार २ सय रुपैयाँ बनाउने गरी सिफारिस गरेको हो

यसअघि मजदुरको न्यनतम तलव ९ हजार ७ सय रुपैयाँ भएकामा साउनबाट ४ हजार ५ सय रुपैयाँ थपिनेछ ।यो वर्षबाटै समाजिक सुरक्षा ऐन पनि लागू हुने तयारीमा छ । यो समेत जोड्दा मजदुरको तलब झण्डै १७ हजार पुग्नेछ । समाजिक सुरक्षाबापत मजदुरको सञ्चय कोष, उपदान लगायतका व्यवस्था पनि अनिवार्य गरिँदैछ ।

सरकारले आगामी वर्षबाटै मजदुरको तलब बैंक खाताबाट भुक्तानी गर्न अनिवार्य गर्ने पनि तयारी गरेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.