उदयपुर र सुनसरीबाट लागुऔषधसहित तीन पक्राउ

उदयपुर र सुनसरीबाट लागुऔषधसहित तीन पक्राउ

विराटनगर, असार २६

प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्ता र सुनसरीको ईटहरीबाट आइतबार १७४ एम्पुल लागुऔषध टिडिजेसिकसहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी लालपत्ताबाट आइतबार साँझ खटिएको चेकिङ टोलीले कटारी नगरपालिका २ बस्ने अन्दाजी १८ वर्षीय प्रतिक तामाङलाई ५० एम्पुल फेनारगन, ५० एम्पुल लुपिजेसिक र ५० एम्पुल डाइजेल्याबसहित आइतबार साँझ पक्राउ गरेको हो।

उनको साथबाट एक थान सिरिन्चसमेत बरामद भएको छ। तामाङलाई अनुसन्धानका लागी प्रहरी चौकी लालपत्तामा राखिएको प्रहरीले जनाएको छ ।

यसैगरी प्रहरीले ईटहरीबाट मोरङ बेलबारी नगरपालिका ११ बस्ने २८ वर्षीय दिलिप लिम्बु र ईटहरी उपमहानगरपालिका ५ का मनोज कार्कीलाई २४ एम्पुल टिडिजेसिकसहित आइतबार पक्राउ गरेको छ।प्रहरीले उनीहरुको साथबाट ८ एम्पुल डाईजोल्याब, ८ एम्पुल फेनारगन र ८ एम्पुल लुपिजेसिक बरामद गरेको हो।दुबैलाई अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय ईटहरीमा राखिएको जनाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.