×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

हामीले चाहेकै स्थिर सरकार हो, अहिले लगानीको वातावरण बनेको छ : काबरा

२७ असार २०७५

सन् १९८५ मा बिस्कुट उद्योगबाट सुरु भएको काबरा गु्रपले अहिले ७ वटा उद्योग र ३ वटा ट्रेडिङ फर्म सञ्चालन गरिरहेको छ । गणपतलाल काबराको संरक्षकत्वमा छोरा, भतिजाहरूको व्यवस्थापनमा काबरा गु्रप सञ्चालित छ । काबरा समूह ‘क्वालिटी’ ब्रान्डमार्फत उपभोक्ता माझ स्वाद र गुणस्तरका लागि परिचित छ । ३१ वर्षदेखि बिस्कुट, चकलेट तथा स्न्याक्सको बजारमा अग्रणी ब्रान्डको रूपमा रहेको यस कम्पनीका विभिन्न १०७ थरी बिस्कुट, ८७ थरी चकलेट–वेफर्सका साथै स्न्याक्स स्टिक्स, चिज रिङ, चिजबल्स, पोटेटो क्रेकर बजारमा उपलब्ध छन् । यो समूहले अब केही महिनाभित्रै तयारी चाउचाउ बजारमा ल्याउन लागेको छ । यसै सेरोफेरोमा नेपाल टाईम्सका सम्पादक किशोर विश्वकर्माले काबरा गु्रपका प्रबन्ध निर्देशक श्याम काबरासँग गरेको कुराकानी :

काबरा गु्रपले लगानीका लागि प्राथमिकता दिएका क्षेत्रहरु के–के हुन ?
काबरा गु्रपको लगानीको मुख्य क्षेत्र भनेको बिस्कुट, चकलेट, वेफर्स, स्न्याक्स तथा तयारी चाउचाउ हो । यस बाहेक हाल प्याकेजिङ उद्योग, ट्रेडिङतर्फ तेस्रो मुलुकबाट आयातित खाद्य तथा तेलीय पदार्थलगायत पेय पदार्थ समेतमा लगानी गर्दै आएका छौँ र उपभोक्ताको चाहना र आवश्यकतालाई मध्यनजर राखी भविष्यमा नयाँ,नयाँ उद्योग स्थापना गर्दै जाने लक्ष्यसमेत लिएका छौँ ।

Advertisement

काबरा गु्रपका उद्योग खासगरी मोरङ–सुनसरी औद्योगिक करिडोरमा मात्रै केन्द्रित देखिन्छन् , अन्यत्र किन विस्तार नभएका ?
काबरा गु्रप अन्तर्गतका उद्योगहरु सवै मोरङ–सुनसरी औद्योगिक करिडोरमै रहेका छन् । भविष्यमा स्थापना गर्न गईरहेका उद्योग पनि यसै करिडोर भित्रै रहने छ । हाललाई अन्त कतै विस्तार गर्ने योजना रहेको छैन ।

काबरा गु्रपबाट उत्पादित वस्तुहरुको बजारीकरण कस्तो छ ?
स्वादमा एकरुपता र गुणस्तरमा सम्झौता नगर्ने काबरा गु्रप अन्तर्गतका उद्योगबाट उत्पादित ‘क्वालिटि’ ब्राण्डका उत्पादनहरुलाई एक शहर एक डिलरको अवधारणा अन्तर्गत बजारीकरण गर्दै आएका छौँ । दशकौँदेखि समर्पित सेल्सका कर्मचारीहरुको योगदान, डिलरलाई पर्ने बाधा अड्चन फुकाउनेदेखि लिएर थोक तथा खुदरा व्यापारी समेतको सुझाव सल्लाहहरुलाई प्रथामिकता दिने नितिले डिलरदेखि खुद्रा विक्रेताहरु सबै एकै परिवारका सदस्यझैँ भएकालेनै आज ‘क्वालिटि’ का उत्पादनहरु बजारमा अग्रणी रहेका छन । हामीले साना ठूला शहर, गाउँ, टोल गल्ली गल्लीका पसलहरुबाट हाम्रा सवैखाले उत्पादनहरु उपलब्ध हुनेगरी स्थापित वितरण सञ्जालको व्यवस्थापनले अन्य प्रतिष्पर्धीका ब्राण्डहरुको अपेक्षा ‘क्वालिटी’ ब्राण्डका उत्पादनहरुको बजार हिस्सा बढी छ र बढ्दै गइरहेको छ । झन आगामी दिनमा लन्च हुन गईरहेको तयारी चाउचाउले काबरा गु्रपको बजार हिस्सा विस्तारमा अझ महत्वपूर्ण भूमिका खेल्ने कुरामा हामी विश्वस्त छौँ ।

काबरा गु्रपका सबैजसो उत्पादन लोकप्रिय छन् , कसरी सम्भव भयो ?
काबरा गु्रपका सबैखाले उत्पादनहरु बिस्कुट, चकलेट, वेफर्स तथा स्न्याक्सहरुलाई रुचाईदिनुहुने आम उपभोक्ताहरुले क्वालिटी ब्राण्डलाई पहिलो र दोस्रो रोजाईमा राखी लोकप्रिय बनाउनुहुने सम्पूर्ण उपभोक्त बर्गलाई यसको श्रेय दिनुपर्छ । मैले अघिनै भने हाम्रो उत्पादनको स्वादमा एकरुपता छ । त्यसैगरी तौल तथा गुणस्तरमा हामी कहिल्यै सम्झौता गदैनौँ भने उपभोक्ताको स्वास्थ्यलाई सदा सर्वोपरी ठानी गर्दै आएको हाम्रो हरेक उत्पादन प्रति उपभोक्ता बर्गले देखाउनु भएको रुझान नै अग्रणी ब्राण्डको पहिचान भएको छ र यहिनै लोकप्रियताको कारण हो ।

तपाईहरुले नयाँ चाउचाउ पनि बजारमा ल्याउने तयारी गर्नभएको थियो । कहाँ पुग्यो तयारी ?
काबरा गु्रपको नयाँ उत्पादन, तयारी चाउचाउ उत्पादनको अन्तिम चरणमा छ । अबका केही दिनमा नै ‘क्वालिटि’ को तयारी चाउचाउ बजारमा पठाउन लागेका छौँ र हाम्रा अन्य उत्पादनहरु बिस्कुट, चकलेट, वेफर्स तथा स्न्याक्सहरु जस्तै तयारी चाउचाउले पनि उपभोक्ताको मन जित्न सफल हुनेछ भन्ने कुरामा म विश्वस्त छु ।

अहिले अन्य चाउचाउले बजार कब्जा गरेका छन् । यस्तो अवस्थामा नयाँ चाउचाउमा केही फरकपन त दिनुप¥यो होला नि ?
निसन्देह, तयारी चाउचाउको बजार प्रतिष्पर्धात्मक छ र हुनुपर्छ भन्ने मेरो मान्यता हो । प्रतिष्पर्धाले अन्तत कन्जुमरलाई फाइदा हुन्छ । बजार कोही कसैको कब्जामा हुँदैन । नयाँ नयाँ स्वाद, गुणस्तरीय स्वास्थ्यवद्र्धक उत्पादनको लागि अहिले पनि बजार खाली छ र सोही खाली स्थान भर्न हामीले फरक स्वादमा फरक ढंगले तयारी चाउचाउ लिएर बजार प्रवेश गर्न गइरहेका छौँ । ‘क्वालिटि’ भन्नुनै स्वाद र गुणस्तरमा एक रुपता भन्ने बुझेका उपभोक्ताहरुले हाम्रो नयाँ उत्पादन तयारी चाउचाउलाई समेत अंगाल्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।

वाइवाइ चाउचाउलाई काउन्टर दिन तपाईहरुले नयाँ चाउचाउ ल्याउन लाग्नुभएको हो भन्ने सुनिन्छ नि ?
कुनै उत्पादनलाई काउन्टर दिन कसैले पनि करोडौँ लगानी गर्दैन होला । तयारी चाउचाउको बजारमा विभिन्न कम्पनीले आ–आफ्ना उत्पादनहरु पठाएका छन् । स्थान र क्षेत्र विशेषको आधारमा कही कुनै ब्राण्ड तथा कही अर्कै ब्राण्डले अन्य भन्दा बढी बजार ओगटेको हालको अवस्थामा पनि तौल उचित मुल्य तथा गुणस्तरीय तयारी चाउचाउको डिमाण्ड अहिले पनि छ । हो, दशकौँ देखि बजारमा रहेको वाइवाइले बजारमा आफ्नो एक निश्चित स्थान र उपभोक्ता बनाईसकेको छ । नेपालमा तयारी चाउचाउको बजार निर्माण र उपभोक्तालाई तयारी चाउचाउ उपभोग गर्नतर्फ वाइवाइले निशन्देह ठूलो भुमिका खेलेको छ । त्यसैले हामी वाइवाइलाई तयारी चाउचाउको क्षेत्रमा अग्रणी ब्राण्ड मान्छौँ । त्यसैगरी वाइ वाइपछि आएका अन्य ब्राण्डहरु पनि आ–आफ्ना क्षेत्रमा बजार निर्माणमा लागि परेका छन् । हामी भन्दा अघि आएका तयारी चाउचाउलाई काउन्टर होइन हातेमालो गर्दै बजार बिस्तार गर्दै जाने हो । तयारी चाउचाउको प्रतिष्पर्धात्मक बजारमा प्रवेश गर्न गइरहेका हामी सँग उपभोक्ताको विश्वास छ । उहाँहरुको माया छ । मेरो विचारमा जसको उत्पादन राम्रो छ , वितरण सञ्जाल राम्रो छ, मार्केटिङ टिम जसको सक्षम छ उहि अघि बढ्ने हो र नेपालमा बजारका लागि हामीलाई समस्या छैन । हामी बिस्कुट, चकलेटमा अग्रणी स्थानमा छौँ र बिस्कुट, चकलेट तथा स्न्याक्सका उपभोक्ताले हाम्रा तयारी चाउचाउलाई पनि हातै हातमा राख्नुहुनेछ । हो, तयारी चाउचाउको बजारमा दह्रो उपस्थीति जनाउन निश्चयनै केही समय लाग्ला तर सफल हुनेमा विश्वस्त छौँ ।

भारतीय बिस्कुटका कारण प्रतिष्पर्धामा समस्या आउने गरेको बताइन्छ नि ?
भारतीय बिस्कुटहरु लागतका हिसाबले आफैमा सस्तो झन त्यसमा पनि भन्सार छलेर सिमा नजिकका शहरहरु र ति शहरहरु सँग जोडिएका क्षेत्रहरुमा क्यारिंग गरी दिनाले भारतीय उत्पादनको दाँजोमा स्वदेशी बिस्कुट केही महंगो भइ दिनाले बिक्री वितरणमा प्रतिकुल प्रभाव परिरहेको छ ,र पनि ‘क्वालिटि’ ब्राण्डका हाम्रा उत्पादनहरुले स्वदेशी तथा बहुराष्ट्रिय विदेशी कम्पनी विशेषत ः भारतीय बिस्कुटसँग प्रतिष्पर्धा गर्दै आएको छ । तर पनि बजार हिस्सामा कायम आफ्नो पकडलाई घट्न नदिई अझ बढाउँदै लगेको छ । भन्सार छलिलाई निरुत्साहित गर्ने तर्फ सरकारले कडा कदम चालेर भारतीय बिस्कुटको प्रवेशमा कडाई वा निषेध गर्न सकेमा स्वदेशी उद्योग आजको अवस्था भन्दा माथि उक्लने निश्चित छ ।

मोरङ–सुनसरी औद्योगिक करिडोरमा तपाईहरुले भोग्नुपरेका समस्याहरु के हुन् ?
बाटोघाटो, लोडसेडिङ तथा यातायात मुख्य समस्या हुन । र अर्को भनेको औधोगिक क्षेत्रमा गरिने राजनिति । मानौँ हाम्रो उद्योग दुहवीमा छ भनेँ हामीले स्थानीयलाईनै रोजगारी दिने हो । तर, हामीलाई मानौँ ४० जना कामदार चाहिएको अवस्थामा राजनितिक दलका नेताहरुले मेरो मान्छे राखिदिनु पर्छ भनि चर्को दबाब दिनुहुन्छ । अब डेढ सय भन्दा बढि मान्छे राख्न भनेपछि त हामीलाई अफ्ठ्यारो हुन्छ नि । यो चाँहि बन्द हुनुपर्छ । स्वदेशी उद्योग फस्टाउनका लागि ।

काबरा गु्रप अन्तर्गतका ट्रेडिङ फर्मले नयाँ उत्पादन गर्ने कुरा पनि थियो, कहाँ पुग्यो ?
नयाँ नयाँ उत्पादन नेपालमा ल्याउन अन्तराष्ट्रिय कम्पनीहरु सँग छलफल चलिरहेको छ ।

काबरा समूहका आगामी योजना के छन ?
हाल तयारी चाउचाउ उत्पादन बजारीकरण सम्बन्धी कार्यमाब्यस्त छौँ । हाम्रो यो नयाँ उत्पादनलाई बजारमा पठाईसकेपछि नयाँ योजनालाई अघि बढाउनेतिर लाग्नेछौ ।

स्वदेशी उद्योग व्यवसाय फस्टाउनका लागि राज्यले के गर्नुपर्ला ?
स्वदेशी उद्योग व्यवसाय फस्टाउन प्रथमत स्थानीय उत्पादनलाई सवै तह र तप्का, निकायहरुले खरिद गर्नुनै पर्ने व्यवस्था सरकारी नितिमानै सामेल गर्नुपर्छ । उद्योगलाई बर्गीकरण गरि कर शुल्क निर्धारण, स्थापनाको निश्चित वर्ष सम्म सवैखाले करमा छुट, निर्यात मुलक उद्योगका लागि आयात हुने सवैखाले कच्चा पदार्थमा अन्य भन्दा राहत र निर्यातमा अनुदान दिने व्यवस्थालाई भेदभाव रहित निरन्तरता दिएमा पनि उद्योग स्थापनामा प्रोत्साहन मिल्ने र देशमै रोजगारी सृजना हुने छ भने युवाहरु विदेश पलायन नभई स्वदेशमै रहने हुन्छ । यसै गरी स्वदेशमा उत्पादन हुने वस्तु सामाग्रीको आयातमा रोक लगाउने, आयात गर्नुनै पर्ने भए व्यवस्था राज्यले गरेमा पनि केहि हद सम्म स्वदेशी उद्योगले राहत पाउने छन् ।

मुलुकमा धेरै लामो समयसम्म स्थिर सरकार नभएको अवस्था थियो अब यतिबेला देशमा स्थिर सरकार बनेको छ , सरकारबाट कस्तो अपेक्षा गर्नुभएको छ ?
हामीले चाहेकै स्थिर सरकार हो । स्थिर सरकार भएपछि सम्पूर्ण समस्या आफै समाधान भएर जान्छन् । लोडसेडिङलगायतका समस्याहरु समेत समाधान हुँदै जाने हाम्रो अपेक्षा हो । सरकारले स्वदेशि उद्योग कलकारखानालाई प्रोत्साहन गर्ने विशेष निति ल्याउनुपर्छ ।

अहिले लगानीको वातावरण बन्दै गएको हो ?
पक्कै पनि मुलुकमा यतिबेला वषौँ पछि स्थिर सरकार निर्माण भएकाले लगानीको वातावरण बनेकै हो ।

Advertisement

प्रसंग बदलौँ । व्यक्तिगत रुपमा तपाईँ शिक्षाको विकास र आधुनिकतामा जोड दिने व्यक्तिमा पर्नु हुन्छ , पछिल्लो काम वा योजना केही छन शिक्षा विशेष ?
हेर्नुस आजका विद्यार्थी देशका भविष्यका कर्णधार हुन् र उनीहरुको बौद्धिक तथा शैक्षिक विकास आधुनिक तबरबाट गर्दै लानुपर्ने आजको आवश्यकता हो भने सवै तह र तप्काका आम जनताका छोरा छोरीहरुलाई शिक्षाको अबसरबाट बञ्चित हुन नदिने वातावरण निर्माण गर्नु गराउनु सरकारको जिम्मेवारी हो । हालको अवस्थामा निजि तथा सामुदायिक स्कुलबाट दिइने शिक्षाको गुणस्तरमा आकाश जमिनको अन्तर छ, किन ? म बुझ्न सकिरहेको छैन । यो अन्तरलाई न्यूनिकरण गर्न सामुदायिक विद्यालयले पनि आधुनिकताका साथै गुणस्तरीय शिक्षामा जोड दिन जरुरी छ , अनिमात्रै समग्र शिक्षाको विकास हुन्छ । शिक्षाको क्षेत्रमा अलिकति भएपनि योगदान गर्न सकिन्छ कि भनेर विद्यार्थी भाई बहिनिहरुको बौद्धिक विकासलाई ध्यानमा राखि काबरा गु्रपले ‘टेस्टी टेस्टी क्वीज कन्टेस्ट’ विगत २१ वर्ष देखि र ‘टेस्टी टेस्टी मिस एसईई’ ४ वर्षदेखी सफलतापूर्वक आयोजना गर्दै आईरहेको छ । यसपालि पनि गर्न गइरहेको छ । साथै शिक्षा क्षेत्रसँग सम्बन्धीत संघ संस्थाहरुको सहयोगमा केही गरौँ भन्ने सोचाई अन्तर्गत विभिन्न योजना तथा कार्यक्रमबारे छलफल गरिरहेका छौँ ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top