१४ भदौ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्ष चयन गर्ने जिम्मा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् । सहमतिमा नेतृत्व चयन गर्न नसकेपछि वाईसीएलले अध्यक्ष चयन गर्ने जिम्मा प्रचण्डलाई दिएको हो ।
शनिबार शुरु भएको वाईसीएलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि हालका उपाध्यक्ष सुमन देवकोटा र महासचिव सुवोधराज शेर्पाली दावी गरेका छन् ।