मनमोहन स्मृति कराते शनिबार

२७ असार ७५, बुधबार
Share this
679shares

काठमाडौँ, असार २७

Advertisement

नेपाल सितोरियो कराते डो संघ, घण्टाघर डोजो शाखाको आयोजनामा प्रथम मनमोहन स्मृति उपत्यकाव्यापी कराते प्रतियोगिता यही असार ३० गते हुने भएको छ ।

पुतलीसडकस्थित स्नो एपेक्स स्कूलमा हुने एक दिवसीय प्रतियोगितामा देशभरबाट करीब ३०० खेलाडीको सहभागिता हुने जनाइएको छ ।

Advertisement

विभिन्न २१ प्रतियोगितामा प्रतिस्पर्धा गरिने आयोजक डोजोका प्रमुख प्रशिक्षक एवं प्रतियोगिता संयोजक हरिबहादुर राउतले जानकारी दिए ।
उक्त प्रतियोगिताअन्तर्गत पुरुषका लागि ११ र महिलाका लागि १० वटा प्रतियोगितात्मक खेल समावेश गरिएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top