नेकपाको नियमावली पारित, पार्टी सञ्चालन गर्न सहज

नेकपाको नियमावली पारित, पार्टी सञ्चालन गर्न सहज

विराटनगर, असार २७
नेकपाको नियमावली पारित भएको । बुधबार विहान बसेको सचिवालय बैठकले नियमावली पारित गरेको हो । नियमावलि पारित भएसँगै पार्टी सञ्चालनका लागि अब सहज हुने भएको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नियमावली पारित गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै विधानको अभिन्न अंगको रुपमा रहेको नियमावलीलाई अन्तिम रुप दिने काम गरिएको र अब छिट्टै प्रकाशनमा जाने उनले जानकारी दिए ।

अब अर्को बैठक बसेर विधान र नियमावली अनुसार सबै पार्टी कमिटीहरुको र जनवर्गीय संगठनहरुको सांगठनिक एकीकरणको आवधिक कार्ययोजना बनाइने श्रेष्ठले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.