विराटनगर,असार २७
कान्तिपुर राष्ट्रिय दैनिकका वरिष्ठ उपसम्पादक अब्दुल्लाह मियाँलाई सामुदायिक वन पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने भएको छ ।
मियाँलाई वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन विभागले मंगलबार उक्त पुरस्कारबाट पुरस्कृत गर्ने घोषणा गरेको हो ।
रु २५००० राशि रहेको सामुदायिक वन पत्रकारिता पुरस्कार आगामी साउन २५ गते सामुदायिक वन दिवसको अबसर पारेर प्रदान गरिने छ ।कान्तिपुरकर्मी मियाँसँगै गोरखापत्र दैनिकको धनकुटा संवाददाता कोकिला भण्डारीले पनि यो पुरस्कारबाट पुरस्कृत गरिने भएको छ ।