उपकुलपति उपाध्याय माथि गरिएको व्यवहार प्रति पियू प्रध्यापक संघको आपत्ति(विज्ञप्तिसहित)

उपकुलपति उपाध्याय माथि गरिएको व्यवहार प्रति पियू प्रध्यापक संघको आपत्ति(विज्ञप्तिसहित)

विराटनगर,असार २७
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. कुलप्रसाद उपाध्यायलाई सरकारले अपमानजनक ढंगले नियन्त्रणमा लिएको भन्दै पुर्वाञ्चल विश्वविद्यालय प्रध्यापक संघले आपत्ति जनाएको छ ।

प्रध्यापक संघले बुधबार विज्ञप्ति निकाल्दै क्यानडामा हुने विश्वसंस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिई सम्मेलनमा सहभागी हुनबाट बञ्चित गरेको भन्दै विज्ञप्ति ध्यानाकर्षण जनाएको हो ।

प्रध्यापक संघद्धारा जारी गरेको विज्ञप्तिमा घटनामा राज्यले उपकुलपति, विश्वविद्यालय, धर्म–संस्कृति तथा सिंगो प्राज्ञिक क्षेत्रमाथी आघात पु¥याएको जनाएको छ । मानवीय समवेदनाको समेत वेवास्ता गरि सरकारले आफ्नो चरित्र आफै उदाङ्गो बनाएको प्रध्यापक संघले आरोप लगाएको छ ।

उपकुलपति माथि भएको घटनाले लोकतान्त्रिक मुल्यमान्यतालाई सरकारले उपहास गरेको समेत संघले आरोप लगाएको छ । प्रध्यापक संघले ई. सं २०२४मा नेपालमा हुने निश्चित भएको सम्मेलन रोक्न सरकार लागी परेको आरोप लगाएको छ ।

“यस घटनाबाट आगामी ई. सं २०२४मा नेपालमा हुने निश्चित भएको विश्व संस्कृत सम्मेलन हुन नदिई नेपालको मौलिक संस्कृति एवम् सम्पदालाई समाप्त पार्ने प्रपञ्च भएको बुझिएको छ ” विज्ञप्तिमा भनिएको छ ।

प्रध्यापक संघले यस्ता क्रियाकलाप नदोहो¥याउन सरकारलाई सचेत गर्दै उपकुलपतिलाई सम्मेलनमा भाग लिने ब्यबस्था मिलाउन सरकारसँग माग गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.