×

NEPAL TIMES UPDATES

Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026

डा केसीलाई वैधानिक बाटो रोज्न राज्मन्त्री अर्यालको आग्रह

२७ असार २०७५

काठमाडौँ, असार २७

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले डा गोविन्द केसीलाई आफ्ना माग सम्बोधनका लागि वैधानिक बाटो रोज्न आग्रह गरेकी छिन् । आज रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा राज्यमन्त्री अर्यालले डा केसीले आफ्ना माग संसद्मा प्रस्तुत गरिएको चिकित्सा शिक्षा विधेयकमार्फत रोज्ने भन्दै विधेयकमा सांसदमार्फत संशोधन हालेर आफ्ना माग पुरा गर्न आग्रह गरिन् ।

Advertisement
Advertisement

विश्वविद्यालय, मेडिकल कलेज तथा अस्पतालमा गएर अनसन बसेर डा केसीको माग पुरा नहुने उनको भनाइ थियो । डा केसीले जस्तै आफूलाई चित्त नबुझेको कुरामा प्रत्येक नेपालीले अनसन बस्न थाल्यो भने के हुन्छ भने प्रश्न गदै उनले आफूलाई लागेको बेला अनसन बस्न नपाइने बताइन् । डा केसीको जायज माग सम्बोधन हुने राज्यमन्त्री अर्यालले बताइन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य योगेश भट्टराईले केदारभक्त माथेमा प्रतिवेदनबाट चिकित्सा क्षेत्र सुधारका लागि सुझाव लिएको भन्दै शतप्रतिशत कार्यान्वयन गर्न नसकिने बताए ।

“माथेमा प्रतिवेदन सुझाव दिन मात्र बनाएको हो । प्रतिवेदनमा १० वर्षसम्म काठमाडाँैमा कलेज नखोल्ने भनेर सुझाव मात्र दिइएको हो,” उनले भने– “माथेमाले दिएको सुझाव मान्नुपर्दछ भन्ने छैन, सुझाव हो, राम्रो लागे मान्ने हो, नभए मान्ने होइन ।”

भट्टराईले कसैले केहीका लागि अनसन बस्दैमा माग पुरा गर्नुपर्ने भन्ने नभएको बताए । डा केसीले भनेका सबै माग पुरा गर्नुपर्ने भन्ने कुरा केही उल्लेख नगरिएको भन्दै उनले भने, “केसीले भनेका मात्र कलेजलाई सम्बन्धन दिने, अरुलाई नदिने भनेर कहाँ लेखेको छ ।”

नेता भट्टराईले डा केसी हरेक पटक अनशन मेडिकल शिक्षाको भर्ना खुल्ने समयमा बस्ने गरेको भन्दै उनको अनशनको उद्देश्य नै शंकास्पद रहेको धारणा राखे । अहिलेसम्म सम्बन्धन दिएका कलेजलाई संसदीय छानविन समिति गठन गरेर छानविन गर्नुपर्ने उनको भनाइ थियो ।

“मेडिकल कलेजमा पढ्दा पास हुने, अनि नेपाल मेडिकल काउन्सिलमा परीक्षा दिँदा फेल हुने,” उनले भने– “त्यसैले ती सम्बन्धन दिएका कलेजमाथि छानविन हुनुपर्छ ।” मेडिकल कलेज कसैलाई सिफारिस देउ, कसैलाई नदेउ भन्ने अधिकार डा केसीको नभएको नेता भट्टराईले बताए ।

नेपाली काँंग्रेसका नेता सुरेन्द्र पाण्डेले डा केसीका कतिपय माग जायज भएकाले छलफल गरेर टुङ्याउनुपर्ने बताए । उनले केसीका मुद्दालाई देखाएर काँग्रेसलाई राजनीति गर्ने रहर नभएको स्पष्ट पारे । कार्यक्रममा नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा ढुण्डीराज पौडेलले डा केसीका माग सरकारले वार्ताबाट टुङ्याउनुपर्ने बताए ।
रासस

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top