×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कृषिको आधुनिकीकरण गर्नु जरुरी : मुख्यमन्त्री राई

२८ असार २०७५

दमक, असार २८

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न जरुरी रहेको बताएका छन्।नेपाल कृषिका लागि उर्बर र उच्च सम्भावना भएको ठाउँ भएको उल्लेख गर्दै मुख्यमन्त्री राईले त्यसलाई थप आधुनीकरण गर्न प्रदेश सरकार प्रयत्नशील रहेको बताए।

Advertisement

बुधबार झापाको गौरादहमा यसै वर्ष सञ्चालनमा आएको कृषि र पशु विज्ञान अध्ययन संस्थान, गौरादह कृषि क्याम्पसका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा कक्षा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “बढ्दो जनसंख्या र शैक्षिक जनशक्तिलाई सन्तुलनमा ल्याउन पनि कृषिको आधुनिकीकरणको खाँचो छ, यसमा प्रदेश सरकार गम्भीर छ ।”

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गौरादह कृषि क्याम्पस यस क्षेत्रका सबैको अथक प्रयासपछि सञ्चालनमा आएकाले क्याम्पसलाई कृषि अध्ययनको केन्द्रीय क्याम्पस बनाउने लक्ष्य रहेको बताए ।

सांसद दीपक कार्कीले सामुदायिक क्याम्पसको रुपमा रहेको गौरादह बहुमुखी क्याम्पस कृषि क्याम्पस आउँदैमा विस्थापित नहुने बताए । उनले बहुमुखी क्याम्पसका लागि जग्गा व्यवस्थापन भइसकेकाले एक वर्षभित्रमा भवन निर्माण गरी क्याम्पस सञ्चालनमा आउने बताए ।

कार्यक्रमका सभापति त्रिभुवन विश्वविद्यालयका डीन डा केशवराज अधिकारीले त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा सञ्चालनमा आएको गौरादह कृषि क्याम्पसमा यस वर्ष ५० जना विद्यार्थीहरुले अध्ययन गर्ने जानकारी दिए ।

कार्यक्रममा गौरादह नगरपालिका प्रमुख रोहितकुमार शाहले कृषि क्याम्पस सञ्चालनका लागि नगरपालिकाले पनि बजेट विनियोजन गरेको बताउँदै कृषि विषय अध्ययनमा स्थानीय क्षेत्रका विद्यार्थीहरुलाई केही आरक्षण सिटको व्यवस्था गरिनुपर्ने बताए ।
रासस

Advertisement

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top