मोरङ, असार २८
मोरङका इलाका प्रहरी कार्यालय रानी, बुधनगर र अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको टोलीले बिभिन्न मिति र स्थानहरुबाट भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अबैध सामान भन्सारमा बुझाएको छ ।
मोरङको बिराटनगर महानगरपालिका रानी भन्सार लगायत बिभिन्न ठाउँबाट बरामद गरेका चोलो २२ पिस, हाते घडि–३१ थान, घडिको पार्टपुर्जा ३५ थान, बिडि–२ बोरा, सर्टको कपडा ३ बन्डल लगायत किराना माल अबैध सामान बुधबार भन्सार कार्यालय रानीमा बुझाएको हो ।
त्यसैगरी नेपालबाट भारततर्फ लैजाँदै गरेको १०० लिटर डिजलसहित अन्दाजी एक लाख दश हजार मूल्य बराबरको सामान भन्सार कार्यालय बुझाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।