प्रतिनिधिसभा बैठकमा राष्ट्रिय तथा स्थानीय समस्याको ध्यानाकर्षण

काठमाडौँ, असार २८

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले जनजीवन, स्वास्थ्य सेवा तथा बाढीपहिरोका कारण भोग्नु परेको समस्याका बारेमा सदनमार्फत सरकारको ध्यानकर्षण गराएका हुन्। अछाम लगायतका जिल्लामा चिकित्सकको अभाव रहेका कारण स्थानीयवासीले समस्या भोग्नु परेको भन्दै तत्काल चिकित्सकको व्यवस्था गर्न उनीहरुले माग गरे ।

यस्तै, बाढी पहिरोका कारण देभभर नै दर्जनौँ बस्ती डुबानमा परेको, नागरिक घरबास नै छाडेर हिँड्नु परेको, राजमार्गमा पहिरोका कारण जोखिम बढेको र यातायात अवरुद्ध रहेको बारेमा सांसदले सरकारको ध्यानाकर्षण गराए । यस्तै, मुग्लिन नारायणगढ सडकखण्ड चार वर्ष लगाएर निर्माण सम्पन्न भए पनि सहज आवत जावत गर्न समस्या पैदा भएको, नारायणगढको पुल ४० वर्ष पूरानो भएकाले जुनसुकै बेला पूर्व पश्चिम राजमार्ग अवरुद्ध हुन सक्ने अवस्था आएकाले तत्काल विकल्प खोज्न सरकारको ध्यानाकर्षण गराए ।

Advertisement

अविरल वर्षाका कारण सिन्धुलीको दर्जनाैँ बस्ती डुबानमा परेको, प्राकृतिक प्रकोपबाट हुने क्षति नियन्त्रण गर्न सरकारले तत्काल प्रभावकारी कदम चाल्दै विपद् ऐन कार्यान्वयनका लागि आग्रह गरे ।उनीहरुले प्राकृतिक प्रकोपबाट जोगाउन सरकारले उचित साधन र स्रोतको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै बुधबार राति परेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको अवस्था असहज भएकाले तत्काल विपद् नियन्त्रणका लागि कदम चाल्न सरकारको ध्यानाकर्षण गराए ।

हुम्ला पर्यटकीय क्षेत्र भएकाले स्वास्थ्य सेवा उपलब्ध गराई स्थानीयवासी र पर्यटकलाई उपयुक्त सेवा उपलब्ध गराउन आग्रह गरेका थिए। यसरी ध्यानकर्षण गराउने सांसदहरुमा कृष्णभक्त पोखरेल, खगराज अधिकारी, गणेशकुमार पहाडी, अतहर कमाल मुसलमान, गणेशसिंह ठगुन्ना, गंगा चौधरी सत्गौवा, गंगाबहादुर तामाङ, छक्कबहादुर लामा, अमरेशकुमार सिंह, जिपछिरिङ लामा, आशाकुमारी विक, उमेश श्रेष्ठ, कल्याणकुमारी खड्का, कलिला खातुनलगायत थिए ।
रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top