कराँते रेफ्रीको विदाई

२८ असार २०७५, बिहीबार
Share this
745shares

विराटनगर, असार २८
मोरङको बेलबारी नगरपालिकाले थाइल्याण्डमा हुन गइरहेको कराँते प्रतियोगितामा भाग लिन जाने दुईजना रेफ्रीलाई नगरपालिकाले आज एक कार्यक्रम गरेर विदाई गरेको छ ।

Advertisement

नेपाल सितोरियो कराते संघ बेलबारी डोजोको आयोजनामा, बेलबारी नगरपालिकामा संचालन भएको कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले प्रतियोगितामा भाग लिन जाने रेफ्री कुन्ती गुरुङ र खेलाडी विनय लिम्बुलाई अविर र खादा ओढाएर विदाई गरेका थिए ।

सो अवसरमा उपप्रमुख ढाकाकुमारी पराजुली प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाललगायत कार्यपालिका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top