विराटनगर, असार २८
मोरङको बेलबारी नगरपालिकाले थाइल्याण्डमा हुन गइरहेको कराँते प्रतियोगितामा भाग लिन जाने दुईजना रेफ्रीलाई नगरपालिकाले आज एक कार्यक्रम गरेर विदाई गरेको छ ।
नेपाल सितोरियो कराते संघ बेलबारी डोजोको आयोजनामा, बेलबारी नगरपालिकामा संचालन भएको कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले प्रतियोगितामा भाग लिन जाने रेफ्री कुन्ती गुरुङ र खेलाडी विनय लिम्बुलाई अविर र खादा ओढाएर विदाई गरेका थिए ।
सो अवसरमा उपप्रमुख ढाकाकुमारी पराजुली प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाललगायत कार्यपालिका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।